बाल बिवाह न्युनिकरणका लागि सरोकारवालासंग योजना तर्जुमा गोष्ठी
आइतबार, चैत ०८, २०७७ मा प्रकाशित

मुरली गोडिया
बर्दिया, चैत ८ / प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लबको आयोजना र बाँसगढी नगरपालिकाको समन्वयमा बाल बिवाह न्युनिकरका लागि नागरिक समाज संजाल र स्थानीय तहको सयुक्त कार्ययोजना तर्जुमा गोष्ठी बाँसगढीमा सम्पन्न भएको छ ।

बाल बिवाह न्यूनीकरण तथा रोकथाम गर्ने उदेश्यले पालिका स्तरीय सयुक्त योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको थियो । बालबिवाह रोकथामका लागि बाँसगढी नगरपालिकाले यस अघि तयार गरेको भन्दै बिवाह न्यूनीकरण सम्बन्धि रणनैतिक योजना २०७७ को ड्राफ्टलाई आधार मानेर कार्ययोजना निर्माण गरिएको छ ।

कार्ययोजना अनुसार बाल बिवाह विरुद्ध सचेतना मुलक अभियान संचालन गर्ने, बाल बिवाह न्युनिकरका लागि वडा स्तरीय समिती गठन गर्ने, बाल क्लब गठन तथा परिचालन गर्ने, किशोरी ससक्तिकरण, बालक, किसोर तथा पुरुषको संलग्नतामा बृद्धि, सेवा प्रवाह बलियो बनाउने, लगायतका विषयमा जोड दिने क्रियाकलापहरु रहेका छन् ।

बाँसगढी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, नागरिक समाज, सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै वडा न.६ का वडा अध्यक्ष दशरथ थारुले बाल बिवाह न्युनिकरण पालिकाका लागि निकै चुनौती भएकाले तयार गरिएको कार्ययोजना बाल बिवाह बिरुद्धको अभियानको पुलको काम गर्ने भन्दै रणनैतिक मसौदा पालिकाले तत्काल स्वीकृत गरि लागु गर्नेमा जोड दिए ।

किरण चालिसे द्धारा सहजिकरण गरिएको कार्यक्रमको संचलन तथा ब्यबस्थापन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गरेका थिए । बाँके युनेस्को क्लब नेपालगंजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत जिल्लाका ४ वटा पालिका तथा समुदाय स्तरका कार्यक्रमहरु संचालन गरिरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर