रेड लाईट अन रोक्ने र अफ भएको अवस्थामा जाने गरी भादापुलमा जिल्ला प्रहरी कार्यालयको लगानीमा जडान गरिएको ट्राफिक बत्तिको ईशारामा सवारी साधन गुडाउँन पर्ने नियम कार्यान्वयनमा तदारुकता देखाएपछि थोरै लगानी जकडिएको सवारी जामको समस्या टरेको छ । लामो समयसम्म जाम लाग्ने समस्यालाई लाईट मार्फत सवारी साधन आवागमन सहज गराएपछि प्रहरीले गरेको रचनात्मक कामको जिल्लावासीले प्रशंसा गरेका छन् ।
बर्दिया, चैत ९ (फरक समाचार) लामो सयम देखि सवारी जाम लाग्ने समस्याले पिडित बनेका पश्चिम वा पूर्वी नेपालको गन्तव्यका लागि हिड्ने यात्रु र चालकलाई भादा पुलमा सवारी जामको समस्या टरेपछि खुसी भएका छन् । बिद्यार्थी, कर्मचारी र गन्तव्य हिँडेका यात्रु समय नपुग्ने तत्काल समस्या हटेपछि प्रत्यक्ष रुपमा मर्कामा परेका बर्ग झन् खुसी भएका हुन ।
एकतर्फी आवागमन गर्न सकिने भादापुलमा सवारी साधान आवागमन गर्ने क्रममा घन्टौ लाईन लाग्ने बाध्यता प्रहरीको सानो प्रयास हटेकोमा स्थानीयले प्रहरीको प्रशंसा गरेका छन् । भादा पुलमा वारी पट्टि प्रहरीको डिउटी भएपनि आवागमन गर्ने क्रममा सवारी साधनले जवरजस्ती गर्दा कार्यालय पुग्ने कर्मचारी, विद्यार्थी र गन्तव्य पुग्ने यात्रु सवारी जामकै कारण सास्ती भोग्न परेको समस्या प्रहरीको रचनात्मक कामले सहज भएको हो ।
हेर्दा सानो प्रयास देखिने भएपनि प्रहरीको रचनात्मक कामबाट पश्चिम वा पूर्वी नेपाल गन्तव्य बनाएर हिड्ने यात्रु लाभान्वित भएको गुलरिया बैंकमा कार्यरत रवि शंकर थारुले बताए ।‘कहिले काही एक घन्टा सम्म सवारी जामकै कारण होल्ड हुनु पथ्र्यो’उनले भने,‘जाम नपरेको कहिले हुन्थेन, भादापुल क्रस भएपछि टाईममा कार्यालय पुगिन्छ भन्ने लाग्थ्यो ।’सवारी साधनको जामकै कारण कति पटक कार्यालय टाईममा पुग्न नसक्दा समस्या भईरहेको उनले खुलाए ।
भादापुलमा दुई लेनको पुल निर्माण कार्य चालु अवस्थामा छ । उक्त पुल निर्माण सम्पन्न भएपछि मात्र भादा पुलको सवारी जाम हट्ने भएपनि प्रहरी बत्ति मार्फत आवागमन कडाई गरेपछि सवारी जामको समस्या टरेको प्रति स्थानीय खुसी भएका हुन ।
लामो समय सवारी साधन जाम लाग्ने समस्या भादापुलमा रहेको उल्लेख गर्दै सवारी साधन रोक र जाउँ भन्नको ट्राफिक बत्तिको साईन लगाईएको बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । ‘प्रहरी गस्ती गर्दा भादा पुल जाम लाग्ने समस्या हामीलाई समस्या पारिरहेको थियो,’उनले भने,‘सानो प्रयास र रचनात्मक काम हुने भएकाले भादा पुलको जाम हटाउँन लाईट मार्फत सवारी साधन व्यबस्थापन गर्न परेको हो ।’
भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख कार्कीले सर्वपक्षियसँगको अन्तरक्रियामा सवारी जामको समस्या जल्दो बल्दो रुपमा उठेकोले समस्या समाधान गर्न ट्राफिक बत्तिको अवधारण भादा पुलमा कार्यान्वयमा ल्याएका हुन् ।