बर्दिया, चैत ९ (फरकसमाचार)
घर खर्च जोहो गर्न समुहमा बसेकि नाम परिवर्तन सिता थापा सुरुमा एउटा बित्त संस्था पाएको ऋण चुक्ता गर्न नसक्दा १५ वटा लघु बित्त संस्थाबाट ऋण लिन बाध्य भईन ।
तर ऋण दिनेले संस्थाले महिलालाई ऋण दिदा घरका मान्छे नखोजि दियो । ऋण लिने ति महिलाले घरको स्वीकृत लिईनन् । तर, पचास हजार देखि तीन लाख सम्म ऋण लिएकि महिलाको कुनै पनि बित्तिय संस्थाको ऋण तिर्न नसक्ने अवस्था आएपछि यतिबेला ति महिला सम्र्पक बिहिन भएकि छन् । ऋण लिएको घरकाले पत्तो पाएपछि घरको सम्र्पक पनि छैनन् उनी । संस्थाको ताकेता सहन नसक्दा मोबाईल स्वीच अफ गरेकि उनले नर्कको जिवन जिउनु परेको छ । घरका देखि उनीसँग महिला समुह बस्ने सयौं महिला बित्तिय संस्थाका कर्मचारीले गर्ने ताकेताले प्रताडित छन् ।
लघुबित्तले यसरी जिल्ला भरिमा बनाएको महिला समुहमा सयौ महिला समुहको संरचना निर्माण गरेको छ । महिला समुहमा आबद्ध भईसकेपछि त्याग्न पनि नसकिने लघुबित्तको प्राबधान छ । जबरजस्ती तरिकाले ऋण लिन बाध्य पारिदा ऋणमा चुर्लुम्म डुबेको लघु बित्तको जालोमा सोझा साझा महिला पर्ने गरेको खुलेको छ ।
ऋण पाईन्छ भनेपछि घर खर्च जोहो गर्न समस्यामा रहेका महिला लघु बित्तको जालोमा फस्ने गरेको अर्की पिडित महिलाले बताईन् ।‘नेट वर्क व्यबसाय जस्तै एक पटक ऋण लिएपछि ऋण लिएकि महिलाले नै अरु महिला मिलाएर समुह बनाउँन थाल्छन्’उनले भनिन्,‘पहिला ऋण लिएको महिलालाई फेरी ऋण पाईन्छ भन्ने आशा हुन्छ भने नयाँ महिला समुहमा आबद्धलाई ऋण दिने प्रलोभन देखाईन्छ ।’
यसरी ऋण लिएर तिर्न नसक्ने महिला सम्र्पक बिहिन भएपछि संस्थाको चेनमा आबद्ध महिला ऋणको जिम्मेवारीमा ल्याप्चे लगाएका कारण महिला हिंसा निम्तिएको उनको भनाई छ । जुवा तास र रक्सी जाँड महिला हिंसाको मात्र कारक नबनेर लघु बित्तले ल्याप्चे लगाएर महिलालाई दिईरहेको संस्थाले उपलब्ध गराएको ऋणले महिला हिंसा निमत्याईरहेको उनले दाबी गरिन् ।
यूनिक नेपाल, निर्धन उत्थान बैक, महिला अधिकार, आशा, नाडेप, ग्रामिण छिमेकि, मेरो माईक्रो फाईनान्स, नेशनल माईक्रो फाईनान्स, स्वालम्बन, बिजय लघु वित्त, स्वदेशी, सजिलो, कालिका, जन उत्थान, सुर्योदय, देउराली ओमि, उपकार, एन आईसी एसिया, डिप्रोक्स जस्ता जिल्ला भरीका महिलालाई ऋण दिने चल्तिको लघु बित्त संस्थाहरु हुन । कतिले पुस्तौनि सम्पति बेचेर ऋण तिर्न बाध्य भएर घर बिहिन भएका तथ्य भेटिएको छ ।
सहज तरिकाले ऋण दिने भन्दै सेवा शुल्क र अग्रिम किस्ता असुलिरहेका संस्थाले सोझा साझा महिलाको घर भाड्न तल्लिन देखिन्छन् । घरको विना स्वीकृत नलिई लघु बित्तले रिन दिँदा एक हजार बढि महिला जिल्ला प्रताडित भईरहेको पाईएको हो । पहिला महिलाले ऋण लिएको अभिभावक थाहा हुदैन थाहा पाएपछि घर निकाला समेत भएको उदाहरण गुलरियामा भेटिएको पिडित महिलाको गुनासो छ ।