बिहान उठ्दा घ" />

रोकिएन पिडित परिवारका बलिनधारा आँसु
मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित

बिहान उठ्दा घरको आगनमा बाघका पाईला देखिन्छ । बाघले आफन्त खाएको घाउँको खत अझै मेटिएको छैन । अब कति दिन मरेर बाच्न सकिन्छ त ?

बर्दिया, चैत्र १०
फरकसमाचार   -मधुवन ३ मा पर्ने भग्रैया र धनौरा गाउँका कसैको आङमा घाम लागेको छैन । बिहान उठ्दा पाटे बाघका पाईला घर नजिक भेटिन्छ । काल पर्खेर बसेको बताउँने गाउँलेका चिम्सा र गहिरा आँखा आँसुले टम्म भरिएका छन् । गाउँलेका आँखाबाट घरि घरि बलिनधार आँसु बहन्छ ।
झुक्काएर बाघ छिनेको पिडित परिवारका कसैको भदै, कसैको श्रीमान, छोरा र बुहारी नदेख्दा आँसुका ढिक्कासँग पिडा खसिरहेको छ । लामो समय देखि मुस्कान हराएका ओठ कलेटि परेका छन् । ललाई फकाई २० वर्ष अघि डलरे संस्थाले हस्ताक्षर गराएर जैविक मार्ग बनाएपछि छ महिनामा एकै वडाका ५ जना मान्छे बाघको आहारा बनेपछि गाउँले नै शोकको आहालमा चुर्लुम्म डुबेका छन् । डलरे संस्थाका मान्छे आहोर दोहोर गर्दा त्रासमा देखिएका ती अनुहार कतै प्रलोभनमा परेर फेरि आफन्त गुमाउँनु पर्ने चिन्तामा देखिन्छन् । ‘आयआर्जनका लागि बाख्रा र रोजगारीका लागि सिलाई कटाईको तालिम दिएर सामुदायिक बन रोप्न लगाउँन प्रोत्साहित गर्ने त्यस्ता व्यक्ति दोहोरिएर गाउँ पस्न थालेपछि अल्लि बढि त्रासमा गाउँले देखिएको व्यथा खोल्छन् उनीहरु । रुपा खनालले भनिन्‘गरिब भएपनि हामीलाई ज्यान प्यारो छ ।’
फुरुङ परेका अनुहारमा चिन्ता र शोकको बादल मडारिरहेको प्रष्ट देखिन्छ ।‘मर्ने त मरी हाले हामीलाई बचाई दिनुस है’खनालले आशा सहितको बिलौना गरिन् ।
भदौमा साथीसँग नुहाउँन गएको भदै १३ वर्षिय विशाल वली साझ सम्म घर फर्केन । साथीसँग सोधी खोजी गर्दा घर ल्याएर छाडेको बताए । साथीको बिच बाटै बाघले गायब गरेको भदैको शब चार दिन पछि किरा लागेको अबस्था भेटिएपछि दाहसस्कार गरेकि उनी आफन्त गुमाउँदाको पिडा कहालि लाग्दो हुने उनले सुनाईन । आमाले छोडेपछि पढ्ने सपना बोकेर आएको भदै बिशालको गहिरो शोकमा रहेकि उनकै अघि पाँज जना छर छेमिकिका छोरा र बुहारी बाघको गाँस बेनेका बेला गाउँ नै शोक मग्न बनेको छ ।
मानिस घरि घरि बाघ आक्रमण बाच्न कसरी सकिन्छ भन्ने धुनमा देखिए पनि जंगल क्षेत्रको बसाईले बाल बच्चा भोकै रहने चिन्ता झन टडकारो बनेको छ ।
संरक्षणलाई मात्र बढवा दिएर मानिसको ज्यान जादा गम्भिर नहुनुले वन्यजन्तुको दिगो संरक्षण कल्पना मात्र सिमित हुने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य महोम्मद कर खाले बताए ।‘धनौरा र भग्रैया क्षेत्र करिडोर बन्ने मापदण्ड नै छै’उनी भन्छन्,‘७ सय मिटर क्षेत्रफललाई करिडोर बनाएपछि मानव र वन्यजन्तु द्धन्द्ध बढेको हो ।’मानिसलाई स्थान्तरण गरेर सुरक्षित गरे मात्र संरक्षणमा टेवा पुग्ने उनको भनाई छ ।
जिविकोपार्जन गर्न नै सामुदायिक वन चाहिएको बेला करिडोर बनाएर मानिसको अकाल ज्यान गईरहेको उनले बताए । पाँच वटा मानिस खाएपछि २० लाख लागतमा गाउँ घेर्ने गरि तार बार लगाउँने योजना लिएर नाप जोख गर्दा आँखामा छारो हाल्ने कार्य प्रति स्थानीय रुष्ट छन् । ‘तारबार भित्र अड्किएर कच्चा घर भत्काएर आक्रमण गर्न थालेपछि एक दिनमा सबै मारिन्छौ’ बिरोध स्वरुप एक स्थानीयले भने । बस्तीको दिर्घकालिन व्यबस्थापन गरेर वन्यजन्तुको आक्रमण बच्न वा जोगाउँन सकिने गरी व्यबस्थापन गर्न पर्ने उनीहरुको माग छ । एउटा बाघ नियन्त्रणमा लिएका संरक्षणकर्मी दिनहु बस्ती पस्ने बाघ कहिले नियन्त्रण आशामा रहेका गाउँलेको ज्यान जोखिममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर