ऋण पाउँने प्रलोभनमा फस्दै महिला
बर्दिया, चैत्र १०
(फरकसमाचार) सजिलै व्यवसाय गर्न ऋण दिन प्रलोभनमा फसेका महिलासँग लघु बित्तिय संस्थाले जवरजस्ती मोटो रकम असुल गर्ने गरेको खुलेको छ । व्याज, स्याज सहित चक्रवति व्याज जोडेर रकम असुल गर्दा सयौ महिला पिडामा छन् । महिला समुह बनाएर संस्था मार्फत पैसा असुल्न संस्थाका कर्मचारी सक्रिय रहेको खुलेको छ ।
लघु बित्त संस्थामा महिलाहरुको समुहमा समस्या साबधान गर्नेे प्रलोभन देखाएर सर्वसाधारणसँग लाखौं रकम उठाएर संस्थालाई मोटाउँन र ऋण लिएका महिलालाई घर न घाटको बनाउँने गरेको भेटिएको हो । सेवा शुल्क भन्दै अग्रिम किस्ताको नाममा रकम असुल्न गर्न सक्रिय लघु बित्त संस्थाले सर्बसाधरणसँग लाखौ रुपैया असुल गरेको पाईएको छ । कहि कतैबाट छानबिनको दायरा नपरेका लघु बित्तिय संस्थाले मनपर्दी गरिरहेका छन् ।
नेटवर्किङ विजनेसलाई नेपाल सरकारले प्रतिबन्ध लगाएपनि लघु बित्त यस्तै आर्थिक रुपमा कमजोर महिलाको समुह बनाएर संस्थागत गिरोहले रकम असुल गरिरहेको पाईएको छ ।
घरखेत बेचेर, ऋण सापटी लिएर यतिबेला महिला लघु बित्त संस्थालाई तिर्न बाध्य छन् ।
ठाकुरद्धारा, शिवपुर, नेउलापुर, बगनाहा, सानोश्री, भुरीगाँउ, जमुनि, सानोश्री बजार सहित आसपासका ग्रामिण क्षेत्रमा संस्था खोलेर खुलेआम संस्थागत लुट मच्चाईरहेको लघु वित्तलाई आरोप लागेको छ । लघु बित्तिय संस्थाका चंगुलमा महिला परिसकेका महिला अन्य समुह खोलेर आबद्ध गराईरहेका संस्थागत ठगिलाई रोक्न माग गरेका छन् ।
महिला समुहमा सहभागी गराउन संस्थासँगको मिलिमतोमा गरेर महिला द्धारा सर्वसाधरण महिला लाई विश्वस्त पारि रकम असुल गरिरहेको स्रोतको दाबी छ ।
लघु बित्तिय संस्था चंगुलमा एक हजार महिला फसेको स्रोत दाबी गर्छ ।
यस्तै नेउलापुर १ बलातीका नाम परिवर्तत चन्द्रकला चौधरी कस्मेटीक पसल संचालन गर्थिन् । बित्तिय संस्थालाई ऋण तिर्दा पलायन भएकि उनी बिलखबन्दमा परेकि छन् । न व्यबसाय रह्यो र न घर परिवार नै रहेको उनले सुनाईन । व्यबसाय र जग्गा बचेर पैसा तिरेपछि छुटकारा पाएपछि ती महिला सोझा महिलालाई सचेत गराउँन यतिबेला तल्लिन छन् ।