१८ लाख ५० हजार बराबरको खोज तथा उद्दार सामाग्री हस्तान्तरण
मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित

बाँके, चैत १० / जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमबार सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

विपद् उद्दारका बेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए ।

विपद्को बेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का बेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सशस्त्र प्रहरी बल ३० नं. गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेका छन् ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकालाई १/१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर