राम प्रसाद चौहान
बर्दिया, चैत १३ / बिहिबार विहान ठिक ९ बजे । धुवासरी अपुष्ट समाचार फैलिन्छ । नेपाल भारतको सीमा क्षेत्र सुरजपुरबाट । गुलरिया नगरपालिका– ८ सुरजपुर आगोको मुश्लोले घेरिन्छ । मोबाईलमा घन्टी बच्न थाल्छ । दौडा दौड हुन्छ । सुरजपुरमा आगलागी । सुरजपुरमा आगलागी । धुवाको मुश्लो भएतिर दमकल कुद्छ ।
त्यत्तिकैमा सशस्त्र प्रहरीको ३१ नम्बरको गणमा साईरन सहित गाडी हुत्तिदै निस्किन्छ । ६ वटा एम्बुलेन्स घटनास्थल तर्फ कुद्छ । हो हल्ला सहित फौज आगोको मुश्लो भएतिर लाग्छ । घाईतको उद्धार गरिएको देखिन्छ । सशस्त्र प्रहरीले तत्काल बिज्ञप्ती निकाल्छ । एक जनाको मृत्यु । ३४ घाईते । चिउरा उद्योगमा आगलागी । घाईतेलाई स्टेचरमा बोकेर ल्याएर दृश्यले सुरजपुरमा भयानक आगलागीको वर्णन गर्छ । स्टेचरमा घाईतेलाई एम्बुलेन्समा राखेर बर्दिया अस्पताल पु¥र्यान्छ । अस्पतालका स्वास्थ्यकर्मी अलमलमा पर्छन् । अैया, दुख्यो र मर्छु कि क्याहो जस्ता आवाजले गुन्जामामय अस्पतालमा दृश्य अत्यासलाग्दो देखिन्छ ।
स्वास्थ्यकर्मी उपचारका लागि खटिन्छन् । भ्याई नभ्याई जस्तो देखिने दृश्य सबैलाई हायल कयाल बनाउँछ । त्यतिकैमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार,नेपाल प्रहरीका एसपि ईश्वर कार्की र सशस्त्र प्रहरीका एसपि नर बहादुर रावत बिरामीको अवस्थामा बुझन् बहानामा अस्पताल पुग्दा अस्पतालको दिईरहेको सेवा वास्तविकता सचित्र पर्दामा देखिन्छ । अस्पतालमा देखिएको कमि कमजोरी सुधार्न प्रमुख जिल्ला अधिकारी सुनारले निर्देशन दिएपछि अस्पताल चिकित्सक के गरु के नगरु जस्तो भाव अनुहारमा झल्कन्थ्यो ।
तर त्यहि हल्ला झुटमा साबित हुन्छ । केहि बेरमा सशस्त्र प्रहरीको सिमोलेशन अथवा पूर्व अभ्यास गरेको थाहा पाएपछि मानिस अचम्भित हुन्छन् । चैत महिना देखि चल्ने हावा हुरीकै कारण आगलागीका घटना घटने गरेका छन् ।
आगलागी जस्तो बिपदमा सशस्त्र प्रहरी अग्रपंत्तिमा रहेर काम गर्ने गरेको छ । आगलागीबाट हुने क्षति रोक्न गरिने अभ्यासका लागि कृत्रिम आगलागीका लागि गरिएको अभ्यासले सकारात्मक सन्देश दिएको छ । बिपदमा सर्वसाधरण सहभागीता । दमकलको अवस्था । बिपदमा अस्पतालको तयारी कस्तो छ । बिहिबार सशस्त्र प्रहरीले कृत्रिम चिउरा उद्योगमा आगलागी गराई आपतकालीन पूर्व अभ्यास गरेको छर्लङ्ग पारेको छ ।
कृत्रिम अभ्यासका लागि खरका ६ वटा साना साना घर बनाई आगलागी गराई आगो कसरी नियन्त्रणमा लिने अभ्यास गरेको हो । कृत्रिम आगलागी गराई अभ्यास गरी आगामी दिनमा आगलागी हुँदा कसरी सुरक्षादिन सकिन्छ भनेर सशस्त्र प्रहरीले प्रयोगात्मक अभ्यास गरेको छ । त्यो प्रयोगात्मक अभ्यास सफल उदाहरणिय भएको स्थानीयले प्रतिक्रिया दिए ।
आगलागी भए तत्काल कसरी उद्धार गर्ने । घाइतेलाई कसरी छिटो छरितो उपचारका लागि अस्पताल पुर्याउने । आगो कसरी नियन्त्रण गर्ने प्रयोगात्मक अभ्यास गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।
अभ्यासका क्रममा दमकल र एम्बुलेन्स प्रयोग गरिएको थियो । आगलागी हुदा घाइतेलाई कसरी बचाउन सकिन्छ ड्यामो गरिएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७५÷०७६ साल देखि हाल सम्म आगलागी संख्या ४६, वन जंगल डढेलो १०, घर ३३, मानविय क्षति २ र पशु चौपायको क्षेति ५ भएको सशस्त्र प्रहरीको रेकर्डमा उल्लेख छ ।