बारबर्दियामा विपद प्रतिकार्य तालिम
शनिबार, चैत १४, २०७७ मा प्रकाशित

मेनका चौधरी
बर्दिया, चैत १४ / समुदायमा आधारित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी दुई दिने तालिम संगोल नेपाल कास्कीको आयोजनामा बारबर्दिया नगरपालिकाको समन्वयमा सम्पन्न भएको छ ।

उक्त तालिममा विपद जोखिम न्युनीकरण र व्यवस्था सम्वन्धी २०७४ ऐनको बारेमा स्थानीय तहको काम कर्तव्य अधिकार जलवायु अनुकुल सम्वन्धी काम कर्तव्य अधिकारको बारेमा बर्दियाको पुर्व रेडक्रस सोसाइटीका सभापती महेश गौतमले बताए ।
स्थानीय तहमा विपद जोखिम सुशासन, क्षमता अभिवृद्धि, राष्ट्रिय कार्ययोजनामा रणनीतिक गतिविधिहरु उल्लेख गर्न गौतमले अनुरोध गरेका थिए ।

सो कार्यक्रममा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको बारेमा नेपाल रेडक्रस सोसाईटीका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको पुर्व तयारी, प्रतिकार्य व्यवस्थापन, कोष तथा उद्धार राहत वितरण पुर्नलाभ कार्य गर्ने र श्रोतको समन्वयका लागि सबै जनासँग काम गर्ने बारेमा जानकारी दिए ।

सो कार्यक्रममा बारबर्दिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले विपदमा आपतकालीन कार्य सञ्चालन गर्दा सुचना व्यवस्थापन, क्षमता अभिवृद्धि, समन्वय र सहकार्य कार्यान्वयन गरी विपद जोखिम न्युनिकरण गर्न अनुरोध गरेका थिए ।

विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशीका समेत बनाएको बताउदै वडामा विपद व्यवस्थापन समीतिको बार्षिक कार्य योजना समेत बनाएको बताए । जिल्लामा स्थानीय स्तरको आपतकालिन विपद व्यवस्थापन समीति बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, राजापुर नगरपालिका र बाँसगढी नगरपालिका चार ठाँउमा बनेको छ । उक्त दुई दिने तालिममा बारबर्दिया नगरपालिकाका वडा अध्यक्षहरु, वडा सचिवहरु, विषयगत शाखाको उपस्थितीमा सैद्धान्तीक तथा प्रयोगात्मक तालिम दिएको टेक बहादुर विकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर