बर्दिया, चैत्र १५ (फरकसमाचार) / इट्टा भट्टा उद्योग संचालकले भ्याट छलेर खुलेआम रुपमा ईट्टा बिक्रि गर्ने गरेको पाईएको छ । चलानीको आधारमा ईट्टा बिक्रि गरेर भ्याट छलि भईरहेको पाईएको हो । इट्टा भट्टा संचालकले भ्याट बिल नकाटेर चलानीको आधारमा बिक्रि गरेको खुलेको छ । भट्टा संचालकको बिकृति मौलाउँदा सेटिङमा दर्ता र नविकरण गरिने हुँदा घरेलु उद्योग कार्यालय जिम्मेवारीमा बसेका कर्मचारी निरिह बनेका छन् । यसरी चलानीको आधारमा जिल्लामा रहेका अधिकांश ईट्टा भट्टा ईट्टा बिक्रि गर्दा लाखौ रुपैया राजश्व छलि भईरहेको छ । भ्याट छलि गर्दा आन्तरिक राजश्व कार्यलयले भट्टाको बिरुद्धमा कारबाही प्रक्रिया अघि बढाउँदैन । नियमकारी निकायले भ्याट छलि गर्दा पनि मौन बसेको पाईएको छ ।
ईट्टाभट्टा संचालकले कोईला किनेको आधारमा कति भ्याट छलेको तथ्य फेला पर्ने स्रोतको दाबी छ । भारतबाट ईट्टा आउँने हुनाले त्यसको लेखा जोखा रेकर्डमा देखिदा कति भ्याट छलेको पुष्टि हुने भएपनि मिलिमतोमा खुलेआमा रुपमा भ्याट छलिका घटना मौलाईरहेका छन् । भ्याट छलेर ईट्टा बिक्रि मौलाउदै गएको सरोकारवाला निकाय गम्भिर नभएको आरोप छ । अहिले ईट्टाको मूल्य १५ रुपैया कायम गरिएको छ । अस्वस्थ प्रतिस्पर्धाले गोप्य रुपमा दश रुपैया गोटासम्म ईट्टा बेच्ने गरेको फेला परेका छ । ईट्टा भट्टा करौडौ लगानीमा संचालनमा आएपनि आर्थिक थेग्न नसेकेपछि भ्याट छलिका घटना बढ्दै गएका छन् । बाहिरबाट कामदार ल्याएर भट्टा संचालन गर्दा कामदार नआएको खण्डमा
आर्थिक व्यहभार संचालकले व्याहोर्न पर्दा यस्ता किसिमका घटना दोहोरिरहेका छन् । वातावरणको बिषयमा समेत भट्टा गम्भिर नदेखिएको पाईएको छ । ईट्टा भट्टाबाट उर्सजन भएको प्रदुषणले आम नागरिकमा गरिरहेको असर बारे अनुगमन हुन नसक्दा भट्टावालासँग सर्वसाधरण रुष्ट छन् । उद्योग संचालन गर्दा वातावरणिय प्रभाव मुल्याकंन गरेर मात्र उद्योग संचालन गर्ने प्राबधान छ । ईट्टा उत्पादन गर्दा काठ दाउँराको भारी मात्रामा प्रयोग हुने गर्दछ ।
उद्योगको चिम्नीबाट निस्कने धुँवाको मुश्लोले आम सर्वसाधरण जनजिवन प्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्दछ । प्रदुषण मुक्त गर्न बिभिन्न किसिमका उपकरण जडान गरेर चलाउँन पर्नेे प्राबधान भएपनि भट्टावालाले त्यस्ता प्रबाधान लत्याईएको पाईएको छ । छ्याप छ्याप्ती खोलिएका भट्टाका कारण सर्वसाधरणको स्वास्थ्य माथि खेलवाड भईरहेको छ । त्यसमा सम्बन्धित निकायको सन्देशपूर्ण मौनता देखिन्छ । घरेलु उद्योग कार्यालयमा दर्ता भएर संचालन भईरहेको भट्टामा अनुगमन हुने गरेको छैन । दर्ता देखि नविकरणका लागि मोटो पैसा खर्च गर्ने संचालक अघि घरेलु उद्योग कार्यालय निरिह बनिरहेको छ ।