पाण्डेको नेतृत्वमा वाणिज्य संघको उम्मेदवारी घोषणा
आइतबार, चैत १५, २०७७ मा प्रकाशित

बर्दिया, चैत्र १५ (फरकसमाचार) / ९आंै चुनावी अधिबेशनले तोक्ने निर्वाचनका लागि उद्योग वाणिज्य संघ, गुलरियाका व्यबसायीले शनिबार साझा र समाबेशी प्यानलमा उम्मेदवारी घोषणा गरेका छन् । देवेन्द्र पाण्डे (मंगल)को नेतृत्वमा समावेशी र साभा प्यानल व्यबसायीले घोषणा गरेका हुन । लामो समय देखि सर्वपक्षिय लबिङ गरिरहेको पाण्डेको नेतृत्वमा रहेका प्यानलले उम्मेदवारी समाबेशी भएको दाबी गरेका छन् । अध्यक्ष पाण्डे, बरिष्ठ उपाध्यक्ष ईन्द्रकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष मनोज कुमार बर्मा, तृतिय उपाध्यक्ष सुरेन्द्र बगाले, महासचिव अशोक खड्का, सचिव मोहित पौडेल, कोषाध्यक्ष कृष्ण थारु र सह–कोषाध्यक्ष विजय बर्मा रहेका छन् ।

यस्तै सदस्यमा विष्णु खनाल, बिष्णु कुमार सुनार (सेट्ठी), दिनेश कुमार यादव, पुरुषोत्तम सिग्देल, घनश्याम लोध, मईसरा परियार, वसी अहमद ईद्रिसी, विकास राना केशब रिजाल, लाल बहादुर क्षत्रि राधिका पौडेल, र नशिम अहमद शाह रहेका छन् । व्यवसायीको संरक्षण र हक हितको वकालतका लागि आफ्नो उम्मेदवारी रहेको पाण्डेले बताए । फुटेर होईन जुटेर नै समस्या हल गर्न साझा उम्मेदवारको छनोट गरेको उनको दाबी छ । ‘व्यबसायीको छाता संगठन भएकाले सबै बर्गलाई समेटेर प्यानल घोषणा गरिएको छ’उनले भने,‘प्यानलमा सहभागी नेतृत्वले पहिला हुने गरेका त्रुटि र कमजोरीलाई औल्याएर अघि बढ्ने बाचा सहितको हामीहरुको उम्मेदवारी हो ।’घोषणा कार्यक्रममा संघका अध्यक्ष

बिरु चौधरीले उम्मेदवार शुभकामना मन्तव्य सहित बधाई ज्ञापनसहितको धारणा राखेका थिए । छाता संगठन नेतृत्वमा आउँनेले संघलाई अघि बढाउँनु पर्ने कुरालाई जोड दिएमा साझा तथा समाबेशी प्यानल सफल हुने उनको भनाई छ । साझा प्यानल घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्ष अमर खड्काले सबै उम्मेदवारलाई सुखद भबिष्य वा कार्यकाल उर्जावान बनोस भन्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन

गर्ने क्रममा लोकतान्त्रिक पद्दतिमा ईच्छुक व्यक्ति चुनाव जान सक्ने अधिकार रहेको बताएका थिए । पाण्डेको नेतृत्वको प्यानल सक्षम र सबल रहेको भन्दै अगामी चुनावमा समावेशी प्यानलको जित सुनिश्चित भएको भन्दै अग्रिम बधाई सहित मन्तव्य राखेका थिए । पूर्ब अध्यक्ष खड््का दुई कार्यकाल संघको नेतृत्वमा बसेका जल्दो बल्दो नेतृत्वमा छबि बनाएका मध्य पर्छन् । संघको नेतृत्वमा रहदा खड्काले एक गाउँ एक उत्पादन कार्यक्रम जिल्ला भरीमा लागु गराएर उद्योग विस्तारमा योगदान पु¥याएको खड्कालाई संघका पदाधिकारीले स्मरण गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर