सोमबार, चैत १६, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत १६ (फस)
बाघको आक्रमणबाट सोमबार एकजना गम्भिर घाईते भएका छन् ।
गेरुवा गाउँपालिका – १ जनकनगर बस्ने बर्ष ३५ को चुला राम थारु घाईते भएका हुन् । थारु आफ्नो घर देखि ३ सय मिटर पुर्व दक्षिणमा रहेको धान खेतमा पानी लगाउन गएको बेला बाघले आक्रमण गरेको हो ।
बाघले आक्रमण गरेको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय पाताभार बाट प्रमुख नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले थारुको उद्धार गरेको हो ।
घाईते थारुको टाउको, गर्दन र ढाडमा गम्भिर चोट छ । घाईते थारुको नर्सिङ होम नेपालगंजमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।