बर्दिया चैत १७ (फरकसमाचार) / फागुपूर्णिमा जिल्लाबासीको लागि सुखद भएको छ ।
कोरोना कहर बिच मनाईएको होली पर्व सोहार्द पूर्ण तरिकाले स्थानीयले बिदाई गरेका छन् । जिल्लामा रहेका ८ वटा स्थानका करिब ७३ वडामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । सद्भाव पर्वको रुपमा मानिने होलीलाई सोहार्द पूर्ण तरिकाले मनाईनु सकारात्मक सोचको उपच भएको पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले बताए ।
भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र आपसी आत्मिय साट्न पाईने होली पर्व तराईमा बिशेष तरिकाले मनाईने गरेको उनले सुनाए । ‘सस्कृतिलाई बिकृतिमा बढावा दिने चलनले समाज बिग्रिरहेको छ’उनले भने,‘यसपालीको होली सस्कृतिलाई बचाउँन सबै तह तप्काबाट होली पर्व मनाईयो, यसले भावी पुस्तालाई सकारात्मक सन्देश दिएको छ ।’ धर्म सस्कृतिका जानकार प्राज्ञिक व्यक्तित्व अध्यक्ष धितालका अनुसार बढ्दो आधुनिककरण ढाल्न खोज्नु, मानिस सस्कृतिको अल्प ज्ञान हुन, शहरीकरण हुन र पुराना सस्कृतिको प्रबद्र्धनमा ध्यान नदिनुले होली जस्तो सद्भाव पुर्ण पर्वको गरिमा घटदै गएको छ ।
संस्कृति र संस्कार प्रतिको गरिमा बढाउँन यूवाको जमात जागरुक हुने पर्ने बेला आएको छ । होली पर्व बिशुद्ध धार्मिक र अध्यात्मिक पर्व भएको धिताल बताउँछन् । जिल्लाको सोहार्द पुर्ण होली पर्व मनाएर बिदाई भएको प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । उनका अनुसार उत्शृखल प्रबृति भएका जमातले होली पर्वमा बिध्वसं मच्चाउँने प्रयास निरुत्साहितका लागि प्रहरी खटिएको थियो । ‘होली मिलन कार्यक्रममा सामाजिक सद्भाव र भिडभाड नर्गन अनुरोध गरेका थियौ’ उनले भने,‘कोभिड बिच मनाईएको होली सोहार्द पूर्ण तरिकाले जिल्लामा मनाईएको छ ।’ होली पर्वमा कुनै किसिमको दुर्घटना हुन नदिन उच्च सर्तकता प्रहरी अपनाएको उनले बताए । सुरक्षाको लागि हाई अर्लटमा बसेका प्रहरी कर्मचारीले शान्त र सोहार्द पूर्ण तरिकाले पर्व मनाउँन सहयोगी भूमिका खेलेको उनको भनाई छ ।