मजदुरको बन्दले दाङमा यातायात सेवा ठप्प
मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित

दाङ, चैत्र १७  : यातायात मजदुरहरुको बन्दका कारण दाङमा बिहानैदेखि यातायात सेवा ठप्प छ। दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्।

कोरोना माहामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेकाले आन्दोलित हुनुपरेको यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष केशबबहादुर भण्डारीले बताए। तीनवटै मजदुर संघ/संगठनहरुले आफ्ना माग कार्यान्वयनका लागि सम्बन्धित यातायात कम्पनीका पदाधिकारीसँग बारम्बार छलफल र वार्ता गरे पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको उनीहरुको भनाइ छ। पहिलो चरणमा दाङभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ।

यातायात मजदुरहरुले सवारी साधन ठप्प पारेपछि जिल्ला प्रशासन कार्यालय दाङले चासो दिएको छ।  यातायात महासघंका प्रतिनिधि, केन्द्रीय सल्लाहकार सुरेश हमाल, तीनवटै मजदुर सगंठन र यातायात कम्पनीका प्रतिनिधिरुसँग प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको समन्वयमा संयुक्त बैठक सुरु भएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए। थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर