संघको निर्वाचन सर्वसहमति नजिक
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित

बर्दिया, चैत २० (फरकसमाचार)

गुलरिया उद्योग वाणिज्य संघको आसन्न निर्वाचनबाट निर्वाचित हुने पदाधिकारी सर्वसहमतिमा चयन हुने देखिएको छ । आसन्न निर्वाचनका लागि साझा र व्यबसायीक प्यानल निर्वाचनका लागि घोषणा गरेको प्यानल नै नयाँ नेतृत्व सम्हाल्ने बातावरण बनेको छ । २१ गते चुनावि अधिबेशन चुनावको घोषणा हुने भएपनि साझा र व्यवसायिक प्यानलमा सर्वसहमति गराउँन सर्वपक्षिय उम्मेदवार छनोट गरिएको त्रिपक्षिय (काँग्रेस, माओवादी र एमाले)ले दाबी गरेका छन् । प्यानलको नेतृत्व देवेन्द्र पाण्डे(मंगल)ले गरेका छन् । हिमाली ईटा उद्योगका संचालक समेत रहेका पाण्डेको नेतृत्वमा निर्वाचन फिल्डमा उत्रेपछि प्यानलको बिपक्षमा अर्को प्यानल खडा नभएपछि सर्बपक्षिय सर्वसहमतिमा

पाण्डेको नेतृत्वको प्यानल चयन हुने देखिएको हो । लामो समयपछि सर्वपक्षिय छलफल र सहकार्यबाट पाण्डेको नेतृत्वमा खडा भएको प्यानल साझा र व्यबसायिक भएको निशा जनरल स्टोर्सका कृष्ण मैनालीले बताए ।‘व्यापारीको अध्यक्ष सहितको प्यानलले आकाशको तारा झार्ने काम गर्ने होईन’ उनले भने,‘व्यबसायीको संरक्षण र हकहितको पक्षमा काम गर्ने हामीलाई विश्वास छ ।’अध्यक्ष पाण्डे, बरिष्ठ उपाध्यक्ष ईन्द्रकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष मनोज कुमार बर्मा, तृतिय उपाध्यक्ष सुरेन्द्र बगाले, महासचिव अशोक खड्का, सचिव मोहित पौडेल, कोषाध्यक्ष कृष्ण थारु र सह–कोषाध्यक्ष विजय बर्मा रहेका छन् ।

यस्तै सदस्यमा विष्णु खनाल, बिष्णु कुमार सुनार(सेट्ठी), दिनेश कुमार यादव, पुरुषोत्तम सिग्देल, घनश्याम लोध, मईसरा परियार, वसी अहमद ईद्रिसी, विकास राना केशब रिजाल, लाल बहादुर क्षेत्रि, राधिका पौडेल, र नशिम अहमद शाह रहेका छन् । व्यवसायीको संरक्षण र हक हितको वकालतका लागि आफ्नो उम्मेदवारी रहेको पाण्डेले बताए । फुटेर होईन जुटेर नै समस्या हल गर्न साझा उम्मेदवारको छनोट गरेको उनको दाबी छ ।‘व्यबसायीको छाता संगठन भएकाले सबै बर्गलाई समेटेर प्यानल घोषणा गरिएको छ’उनले भने,‘प्यानलमा सहभागी नेतृत्वले पहिला हुने गरेका त्रुटि र कमजोरीलाई औल्याएर अघि बढ्ने वाचा सहितको हामीहरुको उम्मेदवारी हो ।’ साझा व्यबसायीहरुको हकहित संरक्षणको लागि चयन हुने नेतृत्व उदाहरणिय सक्षम हुने उद्योग वाणीज्य संघका अध्यक्ष विरु चौधरीले बताए ।‘चयन हुने नेतृत्वले व्यबसायिलाई एक ढिक्का भएर लैजान सक्नु पर्छ’उनले भने,‘पाण्डेको नेतृत्वमा प्यानल घोषण भएकाले व्यबसायीले सर्वसहमतिमा चयन गर्छन् ।’अर्को प्यानल घोषणा नभएमा पाण्डेको नेतृत्वमा नयाँ नेतृत्व चयन हुने थारुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर