बर्दिया, चैत २१ (फरकसमाचार) / भन्सार छली ल्याउदै गरेको सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउपालिका–७ कर्णालीपुरबाट पक्राउ गरेको हो । बाँसगढी नगरपालिका–८ बस्ने दिपक कुवर र बाँके कोहलपुर नगरपालिका–२ बस्ने ममता भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले भारतबाट भन्सार छली नेपाल तर्फ लेडिज कपडाहरु ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सामानमा लेडिज सुट ४६ पिस, लेडिज कुर्ता ३ पिस, लेडिज लेगिज २ पिस, लेडिज ईसक्याप ५ पिस र सोही कार्यमा प्रयोग भएको स्कुटर प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेको सामान र स्कुटर मुल्य रु १ लाख ६३ हजार ४ सय बराबरको छ ।
प्रहरीले पक्राउ गरेको सामान र मानिसलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।