आइतबार, चैत २२, २०७७
मा प्रकाशित
0
Shares
बाँके, चैत २२ । नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।
नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने, ‘मुचुल्का उठाउन त बाँकी छ तर आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरेका छौं ।’ आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।
स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।अनलाइनखबरबाट