स्थानीय र सुरक्षा निकाय बिच अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया
आइतबार, चैत २२, २०७७ मा प्रकाशित

बर्दिया, चैत २२(फरकसमाचार) / अपराध नियन्त्रण सम्बन्धमा मधुनवनमा स्थानीय र सुरक्षा निकाय बिच अन्तरक्रिया शनिबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा विभिन्न पेशा र क्षेत्रमा आवद्ध २३ जना स्थानियहरुले प्रत्यक्ष रुपमा भाग लिएका थिए ।

सीमामा हुने अपराध नियन्त्रण, सीमा सुरक्षा, सीमा सम्बन्धि भोग्नु परेका समस्या, सीमा वारपार हुने तस्करी जन्य गतिविधी नियन्त्रण, लागु औषध ओसारपसार, सामाजमा घट्ने अपराधिक घटनाहरु नियन्त्रण गर्ने ।

प्रशासन र स्थानिय बिच हुनुपर्ने सम्बन्ध, सहजिकरण, समन्वय, सहकार्यका बिषयमा आफ्नो चासो र सीमा ईलाकाको बर्तमान अवस्था बारे अन्तरक्रियामा छलफल भएको थियो ।

स्थानियहरुले उठाएका चासोको बिषयमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी बल नं ३१ गण बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बोलेका थिए । सुरक्षा निकायको तर्फबाट आ–आफ्नो धारणा राख्दै कानुनको पालनाबाट मात्रै सभ्य सामाजको निर्माण भई समृद्ध सामाजका साथै समृद्ध देशको निर्माण गर्न सकिने साथै जनता र सुरक्षा निकायको संयुक्त प्रयासबाट मात्र सीमाको चुस्त व्यवस्थापन हनुे बताएका थिए ।

अपराध न्युनीकरण, तस्करीजन्य गतिविधी नियन्त्रण सम्भव हुने, स्वदेशी उत्पादन, उपयोगलाई प्रोत्साहन दिन सकिए मात्र जनता आत्मनिर्भर हुने बताए थिए । समग्र देशको अर्थतन्त्र बलियो हुने भएकाले कर्मशिल भएर आफ्नै जमिनमा उत्पादन गर्नुका साथै बैध ब्यापार र कारोबार गर्न जोड दिनु दिएका थिए । उक्त कार्यक्रमको सहजिकरण उद्योग बाणिज्य संघ कुसुम्वाका अध्यक्ष देवेन्द्र तिमिल्सिनाले गरेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघ कुसुम्बा, सशस्त्र प्रहरी बल नं ३१ गण हेड क्वाटर र जिल्ला प्रशासन कार्यालय, बर्दियाको आयोजनामा भएको थियो ।

कार्यक्रममा मधुव नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसी, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला वन कार्यालय बर्दियाका प्रमुख, करदाता सेवा कार्यालय गुलरियाका प्रमुख, मधुवन नगरपालिकाका वडाध्यक्षहरु, उद्योग बाणिज्य संघ कुसुम्बा बर्दियाका अध्यक्ष, स्थानिय विभिन्न पेशामा आवद्ध व्यवसायीहरु, संचारकर्मी र सीमा ईलाकामा बसोबास गर्ने स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर