सालकको उद्धार
आइतबार, चैत २२, २०७७ मा प्रकाशित

बर्दिया, चैत २२(फरकसमाचार) / नेहालपुरमा फेला परेको सालक प्रहरीले उद्धार गरेको छ । आइतबार राजापुर नगरपालिका–८ नेहालपुर दिनेश चौधरीको बारीमा सालक फेला परेको हो ।

प्रहरीका अनुसार फेला परेको सालकको तौल १५ किलोग्राम रहेको छ । फेला परेको सालकलाई प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गाउँपालिका–५ बन्जरिया रेन्जपोष्टमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर