बुधबार, चैत २५, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २५ (फरकसमाचार)
भन्सार छली ल्याउदै गरेको अवैध सामान सशस्त्र प्रहरीले आज बरामद गरेको छ ।
जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीका अनुसार मुल्य रु १ लाख १ हजार ५ सय ६० बराबरको सामान पक्राउ भएको हो । अवैध सामानहरु डिजल, सर्तिजन्य पदार्थ, चिनी, हार्डवयरका सामान, कस्मेटिक र कुखुरा रहेको छ ।
जसमा मुल्य रु १८ हजार ७ सय ५० बराबरको कुखुरा क्वारेन्टाईनको रोहवरमा नष्ट गरिएको छ । अन्य सामान सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।