डढेलोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई दुई लाख राहत
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

गुल्मी, चैत्र २८ / सामुदायिक वनमा लागेको डढेलोमा परी ज्यान गुमाएकी धुर्कोट गाउँपालिका-७ वाग्लाकी नौ वर्षीया संगीता परियारको परिवारलाई दुई लाख रूपैयाँ राहत प्रदान गरिएको छ।

जिल्ला  विपद व्यवस्थापन कोशबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले तत्कालका लागि दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। यस्तै‚ धुर्कोट गाउँपालिकाले ४० हजार रुपैयाँ प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

घरबाट नुहाउन भनी हिँडेकी बालिकाको परियारको चैत २० गते सल्लाघारी सामुदायिक वनमा लागेको डढेलोमा परी मृत्यु भएको थियो।थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर