विजयी भएका पत्रकारलाई प्रमाण पत्र वितरण
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

बर्दिया, चैत २८ (फरकसमाचार) / पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्वाचित पत्रकारले शनिबार पदभार ग्रहण गरेका छन् । विजय भएका पदाधिकारीलाई संघिय सांसद संजय कुमार गौतमको प्रमुख आतिथ्यमा पत्रकारले पदभार ग्रहण गरेका हुन् ।

सांसद गौतमले पत्रकारलाई पदाधिकारीको प्रमाण पत्र वितरण गरेका थिए । महासंघको निर्वाचन बुधबार सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको निर्वाचनमा अध्यक्षमा यादव प्रसाद आचार्य विजयी भएका हुन् ।

निर्वाचनमा आचार्यको प्यानल विजयी भएको छ । एकैदिनमा प्रमाण पत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार दिनेश प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर