डल्लपमा मोटरसाईकल ठोकिदा हवल्दारको मृत्यु
बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख २ (फरकसमाचार) / डल्लपमा पछाडिबाट मोटरसाईकल ठोकिदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

बुधबार साँझ ७ः४० बजेको समयमा दुर्घटना भएको हो । मधुवन नगरपालिका–८ सशस्त्र बेस क्याम्प नजिक गुलरिया नगरपालिका–१ बस्ने काशीराम गोडियाले चलाएको डल्लपमा मोटरसाईकल ठोकिएको हो । गोडियाले डल्लप चलाएर लालीबजारबाट गुलरिया तर्फ आउदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा ठाकुरबाबा नगरपालिका–४ सैनवार बस्ने ३५ वर्षिय तुलाराम थारुको मृत्यु भएको हो । मृतक थारु सशस्त्र प्रहरी हवल्दार हुन् । उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणमा कार्यरत रहेको खुलेको छ । मृतक थारु भे ११ प ६५४९ नम्बरको मोटरसाईकल चलाएका थिए । दुर्घटनामा परी गम्भिर घाईते भएका थारुको बर्दिया जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले डल्लप चालक र मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर