शुक्रबार, बैशाख ०३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ३ (फरकसमाचार) / नदिमा हामफाली आत्महत्या गर्न खोज्नेको अवस्था गम्भिर रहेको छ । मधुवन नगरपालिका–७ बस्ने ३५ वर्षिय बिन गुरुङलाई उद्दार गरिएको हो ।
दिउँसो १२ः३० बजेको समयमा मधुवन नगरपालिका–८ कुसुम्बाघाटको झोलुङगे पुलबाट नदिमा गुरुङले हाम फालेका थिए । कुसुम्बाघाटमा मलामी गएकाले हाम फालेको देखेर गुरुङलाई नदिबाट निकालेका हुन् ।
गुरुङ आत्महत्या गर्ने उदेश्यले नदिमा हाम फालेको खुलेको छ । गुरुङलाई नदिबाट निकाली उपचारको लागि शिक्षण अस्पताल नेपालगंज पठाईएको छ । गुरुङको अवस्था गम्भिर छ । उनको बाँया खुट्टा भाँच्चिएको छ । गुरुङ मानसिक रोगी र नदिमा हाम फाल्ने समयमा मापसे गरेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।