अलपत्र तामाङको बर्दियाको बिजयनगर दमौलीमा आफन्त
मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ७ (फरकसमाचार) / अलपत्र अवस्थामा रहेका तामाङले बर्दियाको बिजयनगर दमौलीमा आफन्त रहेको बताएका छन् । उनले आफन्तलाई खोजी दिन प्रहरीलाई आग्रह गरेको छन् ।

जिल्ला बिरगंज जितपुर ठेगाना बताउने ५९ वर्षिय भक्त बहादुर तामाङ बाँके प्रहरीको सम्पर्कमा रहेका छन् । उनका अनुसार बर्दियाको बिजयनगर दमौलीमा उनको दाजुभाई छन् ।

उनी विगत २६ वर्ष देखि भारतमा कामको शिलसिलामा बस्दै आएका थिए । भारतबाट तामाङलाई नेपालीहरुले नेपालसम्म ल्याई जिल्ला प्रहरी कार्यालय बाँकेमा पु¥याएका छन् ।

तामाङ बिगत १५ वर्षदेखि भारतको किन्वर गल्लि भन्ने ठाउँमा जितराम नेगिको घरमा काम गर्दै आएका थिए । १५ दिन अघि तामाङले काम गर्ने ठाउँमा झगडा भएपछि साहुले उनलाई कामबाट निकालेका थिए । भारतमा उनी अलपत्र परेका थिए । तामाङले मानसिक सन्तुलन समेत गुमाएका छन् । उनको पिडा देखेर नेपालीहरुले नेपाल ल्याई प्रहरीको जिम्मा लगाएका छन् ।

उनीसंग परिचय खुल्ने कुनैपनि कागजपत्र छैन । उनले बुवाको नाम पासाङ तामाङ, आमाको नाम बद्धि ग्यालुङ, दाईको नाम बल बहादुर तामाङ र भाईको नाम मन बहादुर तामाङ बताएका छन् । उनलाई चिन्ने जोहीले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर