बुधबार, बैशाख ०८, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ८(फरकसमाचार) / सशस्त्र प्रहरीले अबैध काठ बरामद गरेको छ । सोमबार राती ९ ः ३० बजेको समयमा बिओपी भगरैयाबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चोहान मगरको कमाण्डमा खटिएको टोलीले काठ बरामद गरेको हो ।
राजापुर नगरपालिका–१० खैरी चन्दनपुर बस्ने ४९ वर्षिय देशराज थारु, ४५ वर्षिय शुकुमराज चौधरी पक्राउ परेका हुन् । दुवै जना काठ र दुई वटा गोरु गाडासहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार मुल्य रु १ लाख ५० हजार बराबरको २५ क्यूफिट सिसमको चिरान काठ बरामद भएको छ । सशस्त्र प्रहरीले अबैध काठ नियन्त्रणमा लिई खाता सब डिभिजन वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।