कालो पत्रे माथि ग्राभेल
शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

दीपक शर्मा
बर्दिया, बैशाख १० / गुलरिया राजापुर सडक खण्डको केहि भागमा कालोपत्रे माथि ग्राभेल गरिएको छ ।

बर्दियाको गुलरिया बजार देखि करिब ३ किलोमिटर पश्चिम हुलाकी राजमार्गको वरी परी ग्राभेल राखिएको हो । ग्राभेल कालोपत्रे गरिएको बाटोमा समेत राखिएको छ । यसरी कालो पत्रे गरिएको बाटोमा ग्राभेल बिछ्याउदा संभावित दुर्घटना बढने देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले यो विषयमा आफुलाई केहि थाहा नभएको हुदा स्थलगत अनुगमन गरेर बुभ्mने बताए । करिब २ किलोमिटर लम्बाई बाटोमा यसरी ग्राभेल गरिदा सम्बन्धित निकाय भने मौन बसीरहेको छ । सो हुलाकी राजमार्ग पप्पु कन्सट्रक्सनले जिम्मा पाएपछि गणपति कन्सट्रक्सनलाई निर्माणको जिम्मा दिएको हो ।

अहिले सो क्षेत्रमा कालो पत्रे गरिएको स्थानमा ग्राभेल गरिदा बाटो कुरुप बनेको छ । अन्यत्र कामका लागी स्टोर गर्ने स्थान नभएपछि त्यहा स्टोर गरिएको कालो पत्रे गरिएको स्थानमा ग्राभेल गर्ने सोच नभएपनि अनलोड गर्दा सो समस्या देखिएको बाटो निर्माणको जिम्मा लिएका प्रेम भुषालले बताए । सदरमुकाम देखि करिब ४ किलोमिटरको दुुरीमा यसरी निर्माण कम्पनिले मनोमानी गर्दा पनि स्थानिय प्रशासन तथा जनप्रतिनिधिले कानमा तेल हालेर बसीरहेका छन् ।

कालो पत्रे गर्दा खेरी नै बाटोको छेउमा ग्राभेल गर्नु पर्ने तर अहिले आएर काम गर्दा दुर्घटना बढ्न सक्ने निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए । जति कालो पत्रे गर्नु पर्ने हो सो गरेर संगसगै बाटोको छेउछाउमा ग्राभेल गरी रोलिङ्ग गर्नुपर्ने भएपनि अहिले सो काम गर्दा कालो पत्रे समेत उप्कन सक्ने तथा यसरी अनाधिकृत रुपमा ग्राभेल बाटोमा राख्दा समस्या उत्पन्न भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर