शुक्रबार, बैशाख १०, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, वैशाख १०(फरकसमाचार) / सरकारी जग्गा व्यक्तिको नाममा बनाई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमरा बस्ने कोपीराज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष अदालत बबरमहल काठमाडौंको ०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय तोकिएका उनी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सापकोटालाई पक्राउ गरेको हो ।
सापकोटालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरिया बर्दियाम बुझाइएकोमा अदालतले कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए । १५ दिनको अवधिमा प्रहरीले १६ जना फरार रहेकालाई पक्राउ गरेको छ ।