थप एक कोरोना संक्रमितको मृत्यु
सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १३ (फरकसमाचार)  थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ का ४० वर्षिय पुरुषको मृत्यु भएको हो । संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्लामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासनले जनाएको छ । ३४ महिला र ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५३ पुगेको छ । निको हुनेको संख्या १ हजार ५ सय ४५ पुगेको छ । ३ सय ४९ जनामा भाइरस सक्रिय रहेको छ भने २५ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ ।

सक्रिय संक्रमित मध्ये १५ जनाको भेरी अस्पताल बाँकेमा उपचार भईरहेको छ भने ३ सय ३४ जना होमआईसोलेसनमा छन् । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ । निस्कनै पर्ने अवस्थामा स्वास्थ्यका मापदण्डको पुर्ण रुपले पालना गरी निस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर