आइतबार, जेठ ०२, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ २ (फरकसमाचार)
बर्दियामा थप २७ जनामा कोरोना संक्रमण आज पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १२ महिला र १५ पुरुषमा भाइरस पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या २ हजार ४ सय ७२ पुगेको छ । निको हुनेको संख्या १ हजार १ सय २५ पुगेको छ ।
१ हजार २ सय ८९ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ हजार १ सय ६६ जना होम आईसोलेसनमा, १ सय ११ जना अस्पतालमा र १२ जना आईसियुमा उपचाररत छन् । जिल्लामा ५८ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।