सोमबार, जेठ ०३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ३ (फरकसमाचार)
बर्दियामा एक दिनमा ३ सय २९ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।
१ सय ४३ महिला र १ सय ८६ पुरुषमा भाइरस पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या २ हजार ८ सय १ पुगेको छ । निको हुनेको संख्या १ हजार २ सय ३१ पुगेको छ ।
१ हजार ५ सय ८ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ हजार ३ सय ८० जना होम आईसोलेसनमा, १ सय १६ जना अस्पतालमा र १२ जना आईसियुमा उपचाररत छन् ।
जिल्लामा कोरोना संक्रमणले एक दिनमा ४ जनाको मृत्यु भएको छ । मृतकको संख्या ६२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।