अक्सिजन प्लान्टका लागी संघिय सरकारद्वारा डेढ करोड विनियोजन
बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ५(फरकसमाचार)

बर्दिया जिल्ला अस्पतालका लागी अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड विनियोजन भएको छ ।
संघिय सरकारले देश भरिका १२ वटा अस्पताललाई १६ करोड ८० लाख रुपैया विनियोजन गरेको हो ।

१६ वटा अस्पताल मध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाईप लाईन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको छ । देश भरिका अस्पतालमा अक्सिजन प्लान्ट माग भए अनुसार मन्त्रि परिषद्मा पेश भएका निवेदनमा छलफल भएपछि बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट लागि डेढ करोड विनियोजन भएको हो । माग पत्रमा बर्दिया जिल्ला अस्पतालका अध्यक्ष अंगद श्रेष्ठले र मेडिकल सुपरिटेन्डेन्ट सुभाष पान्डेले हस्ताक्षर भएको पत्र निर्णयार्थ पेश भएको हुँदा अस्पतालका लागि डेढ करोड विनियोजन भएको हो । अस्पतालमा अक्सिजन जडानका लागि संघिय सरकारले बिनियोज गरेको रकमबाट तत्काल काम अघि बढ्ने उद्योग तथा वाणिज्य आपुर्ती राज्य मन्त्री विमला विकले बताईन् । उक्त रकमका लागि मन्त्री विककोे तर्फबाट हर सम्भव प्रयास भएकाले बर्दिया अस्पतालमा अक्सिजन प्लान्टका लागि रकम विनियोजन भएको स्थानीयको भनाई छ । उपलब्ध रकम अस्पतालको माग अनुसार नै भएको छ । मन्त्रि परिषद्को निर्णयले बैशाख ४ गते बिनियोजन भएको रकमबाट तत्काल काम कारबाही अघि बढाउन पत्रमा उल्लेख गरेको छ । अहिलेको सरकारमा मन्त्रिपरिषद्मा बर्दियाकी एक मात्र प्रतिनिधि बिमला विक हुन् । यसअघि कोभिड नियन्त्रणका लागी स्वास्थ्य सामाग्री सहयोग गरेकी थिईन् ।

गृह जिल्ला आवागमन गर्ने क्रममा दुई साता अघि मन्त्री विकलाई कोभिड पुष्टि भएको थियो । विकास निर्माणमा अग्रणी भुमिका निर्वाह गरिरहेकी मन्त्री विक जनता माझ लोकप्रिय छन् । कानुनी विषयमा स्नाताकोत्तर गरेकि विक दक्ष र प्रभावशाली नेता मध्यमा पर्छिन् । लामो समय गैर सरकारी संस्था नेतृत्वमा सम्हालेकी उनी जन जनमा लोकप्रिय छिन् । देश कोभिड महामारीको चपेटामा परेको बेला बर्दिया अस्पतालमा अक्सिजन प्लान्टका लागि संघिय सरकारबाट बजेट विनियोजन सफल भएकाले उनको कद उचो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर