शुक्रबार, जेठ ०७, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ७ (फरकसमाचार)
बर्दियामा थप ४ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ । २ महिला र २ पुरुषमा भाइरस पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ३ हजार २ सय ३२ पुगेको छ । आज एक दिनमा ७५ जना निको भएका छन् । निको हुनेको संख्या १ हजार ७ सय २९ पुगेको छ ।
१ हजार ४ सय २८ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ हजार ३ सय २५ जना होम आईसोलेसनमा, १ सय ३ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या ७५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।