बर्दिया, जेठ १३ (फरकसमाचार)
बाघको आक्रमणबाट बुधबार एक जना गम्भिर घाईते भएका छन् । मधुवन नगरपालिका – १ ईन्द्रपुरका ७४ वर्षिय लाल बहादुर थारु गम्भिर घाइते भएका छन् । औराही स्थित सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको हो ।
थारुको अनुहार चिथोरिएर छ । नाक, ओठ र दाहिने खुट्टाको साप्रामा गहिरो घाउ छ । घाईते थारुका अनुसार आफ्नै साथमा रहेको खुर्पाले बाघलाई प्रहार गरेपछि चोट लागेर बाघ जंगल तर्फ भागेको बताएका छन् । घाईते थारुको जिल्ला अस्पताल बर्दियमा उपचार भैईरहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
बाघको आक्रमणमा परी गम्भिर घाईते भएको खबरले दुखित बनाएको मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले बताए । घाईते चौधरीको आर्थिक स्थिती कमजोर भएकोले थप उपचारको लागि बिपन्न जनतासंग मेयर कार्यक्रमबाट नगरपालिकालले खर्च गर्ने जनाएका छन् ।