खुला सीमामा अब्बल सशस्त्र प्रहरी
शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, साउन २२

एक दशक अघि सानो टुकडिमा स्थापित सशस्त्र प्रहरी सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको छ । सिमित स्रोत साधन विच खुल्ला सीमाको अबैध गतिबिधि रोक्न पछिल्लो समय अग्रसर देखिन्छ ।

३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतको नेतृत्वमा ८ वटा बिओपी र ९ वटा फरवार्ड बेश मार्फत सीमा क्षेत्र निगरानी गरेको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अब्बल मानिएको स्थानीय बिश्लेषण गर्छन् ।

सशस्त्र प्रहरीको विस्तारसँगै सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधि ठप्प जस्तै भएको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत पार्न राजापुर नगरपालिका–१० खैरीचन्दनपुर झप्टि स्थित सशस्त्र प्रहरीको नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजि) किशोर प्रधानले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरेका हुन् । भर्चुअल मिटिङ्गमा सहभागी वक्ताहरुले नवनिर्मित भवनले सशस्त्र प्रहरीलाई डिउटी गर्न सहज

हुने बताएका छन् । बर्दियामा जंगली जनावरको आतंक बढ्दो छ ।
पोष्ट नहुँदा सशस्त्र प्रहरी पालमुनि बसी आफै असुरक्षित भई डिउटी गरिरहेका छन् । पोष्ट नभएको ठाउँमा पोष्ट निर्माण गर्न जिल्लाका ८ वटै पालिकालाई दुई÷दुई वटा पोष्ट निर्माण गर्न पस्ताप राखेको र पालिकाले पोष्ट निर्माण गर्न स्विकार गरेको उपरीक्षक रावतले बताए । उनका अनुसार स्थानीय पालिकाको समन्वय र सहकार्यमा पालमुनि बसेर डिउटी गर्ने समस्याको अन्त्य हुँदै गएको छ ।

नेपाल भारतको ८२ किलोमिटर खुल्ला सिमाना बर्दियामा रहेको छ । सिमामा हुने चोरी तस्करी अपराधिक गतिबिधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले पछिल्लो समय चासो देखाएको छ ।

पहिला सिमामा सशस्त्र प्रहरीको उपस्थिती नहुँदा भारतीय प्रहरी सिमा क्षेत्रका नेपाली बस्तीमा आएर समय समयमा दुख दिने गरेको सिमा क्षेत्रमा बसोबास गर्ने जिल्लावासीको गुनासो थियो ।

त्यसैगरी सिमाका बस्तीमा भारतीय प्रहरीको हस्तक्षेप रहेको थियो । तर सिमानामा सशस्त्र प्रहरीको उपस्थितीले अपराधिक गतिविधिका कार्य रोकिएको छन् । सिमा क्षेत्रमा बसोबास गर्ने ब्यक्तिले सुरक्षाको अनुभुति गरेका छन् छ ।

नवनिर्मित भवन उद्घाटन भर्चुअल मिटिङ्गमा सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, राजापुर नगरपालिका–१० का वडाध्यक्ष दयाशंकर थारुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर