चौथो बर्ष प्रबेश सम्म अनवरत संर्घष
आइतबार, पुष ०१, २०८० मा प्रकाशित

बर्दिया,पौष १(फरकसमाचार)/फरक समाचार दैनिक पत्रिका निरन्तर रुपमा सिमित स्रोत साधनसँगै जनशक्ति अभावको बिचमा बर्दियामा निस्कने एक मात्र दैनिक पत्रिकाको पहिचान पाएको छ । पाठक बर्गमाँझ हाम्रो पत्रिकाको बिश्वास बढ्दा हाम्रो हौसला बुलन्द बन्दै गएको सर्वप्रथम खुसी साट्न चाहन्छौं ।

पाठकको अथाहा माया पाएको फरक समाचारको टिमलाई औला उठाउँन नसक्दा हामी सफल भईरहेको छौं । पत्रिका मार्फत शुरु गरिएको सुसुचित गर्ने हाम्रो अभियान अहिले समाजिक संजालमा पाठकको मन जितेर एक छत्र राज गरेको छ ।

हाम्रो पत्रिकाले पस्कने समाचारमा राजनितिक र बार्गेनिङको गन्ध नआउँदा पाठकमाँझ लोकप्रिय बन्दै गएको छ । चुनावको बेला पार्टीको झन्डा बोक्ने कार्यकर्ता अन्य समयमा पत्रकारिता खोल ओड्ने त्यस्ता व्यतित्वका कारण आम पाठक माँझ पत्रकारिताको छबि खराब हुँदा फरक समाचारले शुभचिन्तकको खप्की खानु पर्दा भने दुःख लाग्छ । त्यस्तो पत्रिकारितमा फरक समाचार परिवारका कुनै सदस्य नरहेको समेत यसै अवसरमा जानकारी गराउँन चाहन्छौ । चार वर्ष पुग्दा सम्म पत्रकारिता औला उठाउँने पाठक माँझ त्यस्ता भ्रम फरक समाचारको टिम चिर्न सफल भईरहेको छ ।

जिल्लामा रहेका स्थानीय सरकारले हामीलाई हेर्ने दृष्टिकोणले बेला बेलामा समस्या पार्दै आएका छन् । समाचार लेखेको रिस साद्न मोफसलका पत्रिका दिनु पर्ने बिज्ञापन नदिदाँ आर्थिक रुपमा फरक समाचार संकटमा चलिरहेको छ । उहाँहरु पनि पदमा रहुन्जेल रिस साँध्न तयार हुनुहुन्छ । तर,पद गुमेका दिनमा फरक समाचारले पस्कने समाचार बिश्वास गर्नु हुनेछ । बिश्वसनिय पत्रिकालाई संकट पार्न गरिएको व्यबहार प्रति पश्च्यतापको बिकल्प नरहने हामीले बिश्वास लिएका छौं ।

अधिकांश स्थानीय सरकारबाट दुश्मनि साध्ने व्यबहार भएपनि निजि क्षेत्र र पाठक बर्गको अधिक माया पाएको फरक समाचारले एक छत्र रुपमा सुचना दिन सकेको हाम्रो टिम उत्साहित छ । फरक समाचार हाम्रो पत्रिका बनेको फरक समाचारको आज जन्मदिन परेको छ ।
प्रत्यक्ष परोक्ष रुपमा पाठकहरु हामीहरुको खुसीयालीमा साथ सधंै रहिरहोस् । फेसबुकमा स्टाटस लेखेर पत्रिकाको मान मर्दन गर्ने अराजकतत्व सक्रिय छन् । स्वच्छ पत्रिकारीताको छबि सधै निश्कलन रहने हँुदा यस्ता अराजक तत्व बिलिन हुनेमा पाठक बर्ग बिश्वस्त रहनु होला । पत्रकारिता भन्नाले पत्रमा लेखेको अभिलेखलाई नै पत्रकारिता बुझन जरुरी छ ।

अनेकौं आरोह अवरोह पार गर्दै हामीले सफलताका तीन वटा बर्ष पार गरेका छौं । सामाजिक संजालमा दैनिक पत्रिका एक छत्र राज जमाएको छ भने बजारमा बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्नका लागि वितरण प्रणालीलाई हामी जोड दिएका छौं । एक बर्ष, अर्को बर्ष गर्दै पत्रिका, अनलाईन, भिडियो रिपोर्टलगायत मार्फत पाठकलाई सूसुचित गर्ने निरन्तर हाम्रो प्रयास जारी छ ।

गाउँ शहर र दुनियाँ बिउँझाउने अभियानका साथ हामी स्वतस्फुर्त रुपमा खटिएका छौं । अनलाईन, यूट्यूव र समाजिक सञ्जालमा फरक समाचारका उपस्थिति उच्चस्तरको छ । फरक समाचारको न्यूजबाट उत्पादित सामाग्रीलाई संसारभरका दर्शकले इन्टरनेटमा समेत हेर्न सक्ने सुविधा प्राप्त छ । हामीलाई थाहा छ, हाम्रा दशर्कहरुको रुची र तथ्यपूर्ण सूचनाको भोक झनै बढ्दै गएको छ ।

यतिमात्र होइन, हामीले प्रकासित वा प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु स्तरीय छन् भन्नेमा हाम्रो दावी सधैं रहिरहनेछ । दैनिक बिहान ६ बजे फरक समाचार पत्रिका फरक समाचारको फेस बुक र फरक समाचारको पेजमा प्रकासित हुदै आएको छ । त्यहि समाचारबाट शरु हुने दैनिक कार्य अनलाईन मार्फत आम पाठक मन जित्न सफल भएका छौं । आफ्नो मुल मन्त्र अनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नु हामीले जिम्मेवारी ठानेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर