अभद्र व्यबहारको आरोपमा चार पक्राउ
सोमबार, फागुन २८, २०८० मा प्रकाशित

बर्दिया,फागुन २८(फरकसमाचार)/ पछिल्लो समय अभद्र व्यबहारको निशानामा सरकारी कर्मचारी र लघु बित्तका कर्मचारी बिपक्ष समुहको दुव्र्यबहार सहन बाध्य छन् । कार्यालय आउँने वा जाने क्रममा लुकेर बस्ने त्यस्ता समुहले अभद्र व्यबहार गर्दै कालोमोसो दल्ने गरेका हुन् ।

शान्ती सुरक्षामा त्यस्ता समुह खलल पारेको भन्दै त्यस्ता समुहलाई जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरी दस्ताले नियन्त्रणमा लिन सुरु गरेको छ । प्रहरीले राजेश कुर्मी, रन्जित विक्रम शाह, याम कुमारी मल्ल र देबिबंशी मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

रणनितिका योजना अनुरुप खटिएको प्रहरीले धमाधम पक्राउँ गर्न सुरु गरेपछि त्यस्ता समुहको भागाभाग मच्चिएको छ । प्रहरीका प्रमुख प्रबिण धितालले अभद्र व्यबहारमा संलग्न चार जनालाई नियन्त्रण लिईसकेको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका चार जनालाई अभद्र व्यबहारमा मुद्दा चलाइएको छ ।

अभद्र व्यबहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका आरोपिलाई प्रहरीले अनुसन्धानको क्रममा २५ दिन हिरासतमा राख्न सक्ने प्राबधानसँगै प्रमुख जिल्ला अधिकारी पेश गरेपछि हिरासत मुक्त हुने कानुनमा व्यबस्था छ ।

अघिल्लो आईतवार युनिक नेपालको मेडेप लघु बित्त कर्मचारीलाई दुव्र्यबहार भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएका हो । आफु संलग्न नभएको घटनामा प्रहरीले ज्यादति गरेर नियन्त्रणमा लिएको आरोपिको आरोप छ । यस्तै बढैयातालका सरकारी कर्मचारी माथी पनि अघिल्लो साता दुव्र्यबहार भएको थियो ।

यसअघि ठाकुरबाबा नगरपालिका ईन्जिनियर घरमा बसिरहेको अवस्थामा त्यस्तै कुटपिट गरी घाईते बनाएको थियो । दुव्र्यबहारका घटना बढ्दै गएपछि कर्मचारी कार्यालय आउँन र जाने अवस्थामा असुरक्षित महुशुस भईरहेको कर्मचारी गुनासो गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर