अभिनव कुमार पाठक
बर्दिया, असार ८/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधुवन नगर कमिटिको अध्यक्षमा हरिहर चौधरी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र नगर समिति मधुवनको तेस्रो नगर सम्मेलनबाट अध्यक्ष पदमा चौधरी निर्वाचित भएका हुन् ।
अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन भएको निर्वाचन समितिका संयोजक हरि बस्नेतले बताए । ‘अध्यक्ष पदका उम्मेदवार हरिहर चौधरी र भिम प्रकाश नेपाल थिए,’संयोजक बस्नेतले भने,‘जसमा हरिहर चौधरी निर्वाचित भएका छन् ।’
उपाध्यक्ष पदमा राजेन्द्र हमाल, राम कुमार थारु र ऋषिराम काफ्ले निर्वाचित भएका छन् । त्यसैगरि सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्यहरु सर्वसम्मवबाट चयन भएको संयोजक बस्नेतले जनाए । सचिव पदमा विनोद चन्द, सहसचिवमा इन्द्र बहादुर केसी र कोषाध्यक्षमा लक्ष्मी थारुलगायत ४९ जनाको नगर कमिटि चयन भएको छ ।
लोकतान्त्रिक पद्धति अनुसार नगर कमिटिको निर्वाचन सम्पन्न भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुरेश पन्थले बताए ।