रास्वपाका जिल्ला सभापति पौडेलको निधन
शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

बर्दिया,साउन १६ / राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विपिन पौडेलको निधन भएको छ ।

सभापति पौडेलको मंगलबार राती सिंगापुरमा निधन भएको हो । बाँसगढी नगरपालिका–४ का ४७ वर्षीय पौडेल १५ दिनका लागि व्यक्तिगत भ्रमणमा सिंगापुर गएका थिए ।

सभापति पौडेलको हृदयघातको कारण निधन भएको जानकारी प्राप्त भएको रास्वपा जिल्लाका सचिव दिपक बीसीले बताए । सचिव बिसीका अनुसार साउन १ गते भ्रमणको लागि घरबाट निस्केका सभापति पौडेल भारत, मलेसिया, थाइल्यान्ड हुँदै मंगलबार बिहान मात्र सिंगापुर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर