बर्दियामा ठूलो परिमाणमा चिनियाँ भेप बरामद
मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १० / नेपालबाट भारतको सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिकाको वडा नं.५ को दश नम्बर गाउँको फुलराम चोक बाट  स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)एक हजार ९ सय २० थान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमान्डमा खटिएको टोलीले साईकलमा ओसार पसार गर्न लागेको अवस्थामा बरामद गरेको खुलेको छ ।

उक्त चुरोटको एउटाको दुई हजार पाँच सय बजार मूल्य रहेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद चुरोटको मूल्य ४८ लाख पचास हजार रहेको छ । सशस्त्र प्रहरीका एसपि मान बहादुर शाहीको विशेष सुराकीको आधारमा परिचालित प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा चुरोट बरामद गर्न सफल भएको छ ।

सीमा क्षेत्रबाट बरामद स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाउने एसपि शाहीले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर