बर्दिया,मंसिर १५ / दुई दिनमा दुई ठाउँमा आगलागी भएको छ । गुलरिया नगरपालिका–३ कट्टि गाउँमा आइतबार दिउँसो र ठाकुरबाबा नगरपालिका–५ बनवीरपुरमा शनिबार परालको टौवामा आगलागी भएको हो ।
कट्टि स्थित ४ वर्षीय बालकले सलाई खेलाउने क्रममा घर नजिकै रहेको परालको टौवामा आगलागी भएको जनाईएको छ । परालको टौवामा आगलागी हुँदा नजिकै बाँधिएको एउटा भैंसी र गाई जलेर सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै ठाकुरबाबा नगरपालिका–५ बनवीरपुरका पुष्माखर उपाध्यायको घर देखि दश मिटर दुरीमा रहेको परालको टौवामा शनिबार आगलागी हुँदा जलेर गाईको बाछी मरेको र संगै बाँधिएको गाईको घाटी पोलिएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको र अन्दाजी रु ६० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

