सोमबार, मङि्सर १६, २०८२
मा प्रकाशित
1689
Shares
अभिनव कसमार पाठक
बर्दिया, मंसिर १५/ विश्व हिन्दु परिषद, नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विश्व हिन्दु परिषद, नेपालका अध्यक्ष दिपक श्रीवास्तवले प्रजिअ गोगन बहादुर हमालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आइतबार ज्ञापन पत्र बुझाएका हुन् ।
अवैध घुसपैठबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिम बारे आपतकालिन ध्यानाकर्षणको लागि ज्ञापन पत्र बुझाएको विश्व हिन्दु परिषद्का जिल्ला सचिव सौरभ यादवले बताए ।
अबैध घुसपैठलाई रोकथाम गर्न सीमा कडाइका साथ निगरानी,नेपालमा अबैध रुपमा बसोबास गरेका व्यक्तिहरुको पहिचान,विवरण संकलनलगायतको माग बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

