सन्दर्भ : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको
मङ्गलबार, मङि्सर १७, २०८२ मा प्रकाशित

“प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं”  भन्ने राष्ट्रिय नाराका साथ अहिले लैङ्गिक हिंसा बिरुद्द्को १६ दिने अभियान चलिरहेको छ । नेपाल सरकारले विभिन्न कार्यक्रम गरि यो अभियान सन्चालन गरिरहेको छ । नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ । यस अभियानको शुरुवात  डोमिनिकन रिपब्लिकका  तीन साहसी दिदीबहिनी पात्रिया, मिनेरभा र मारिया टेरेसा मिराबाल को इतिहास सङ्ग सम्बन्धित छ । उनीहरूले सन् १९५०÷६० को दशकमा तानाशाह राफाएल त्रुजिलो को क्रूर शासनविरुद्ध प्रतिरोध गरे। मिनेरभा राजनीतिक रूपले सशक्त, पात्रिया सामाजिक र नैतिक जिम्मेवारीमा प्रेरित र मारिया टेरेसा दिदीहरूको साहसले प्रभावित भएर प्रतिरोधमा सहभागी भएका थिए ।

उनीहरूले एक  भूमिगत संगठनमार्फत जनतालाई सचेत बनाए र अत्याचार र दमनको विरोध गरे। त्रुजिलो शासन अत्यन्त दमनकारी थियो। राज्य सुरक्षा बल र गोप्य प्रहरीहरूले उनीहरूलाई पटक–पटक जेल र यातना दिए। अन्ततः २५ नोभेम्बर १९६० मा गोप्य सुरक्षाकर्मीहरूले उनीहरूको हत्या गरे। तर उनीहरूको बलिदानले डोमिनिकन जनतामा राष्ट्रिय आक्रोश पैदा ग¥यो र केही महिनामै त्रुजिलोको शासन ढल्न मद्दत ग¥यो। तीन दिदीबहिनीको बलिदानलाई विश्वले उच्च सम्मान दियो। संयुक्त राष्ट्रसंघले १९९९ मा २५ नोभेम्बरलाई “क्ष्लतभचलबतष्यलब िम्बथ ायच तजभ भ्ष्mिष्लबतष्यल या ख्ष्यभिलअभ ब्नबष्लकत ध्यmभल” घोषणा ग¥यो। यस दिनलाई १६ दिने अभियानको सुरुवातको रूपमा मनाइन्छ। यसले महिला हिंसा केवल व्यक्तिगत समस्या नभई मानव अधिकारको उल्लंघन भएको स्पष्ट गर्दै विश्वभर महिला अधिकारको जागरण र सचेतनामा योगदान पु¥याउँछ। यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट गरिएको थियो ।

यी दिदीबहिनीहरुको प्रसङ्ग विभिन्न मुलुकहरू हुँदै संयुक्त राष्ट्रसङ्घसम्म पुग्यो । सन् १९९९ मा डोमेनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा पेश गरे । संयुक्त राष्ट्रसङ्घको महासभाले यसलाई छलफलमा ल्याई १९९९ को डिसेम्बर १७ का दिन सर्वसम्मित रूपमा पारित ग¥यो । त्यसैले विभिन्न सङ्घसंस्थालगायत संयुक्त राष्ट्रसङ्घीय प्रणाली पनि अहिले विश्वव्यापी रूपमा यो अभियानमा सहभागी हुँदै आएको छ । पुरुषवर्गबाट महिला एवं बालिकाहरू प्रति हुने हिंसाको विरुद्धमा पुरुष र युवाहरूद्वारा आफ्नो व्यक्तिगत रूपमा वा संस्थागत रूपमा गरिने प्रतिवद्धताको अभियान स्वरुप सन् १९९१ मा क्यानाडाका केही पुरुषहरूबाट सेतो रिबन अभियान शुरु  गरियो  ।

क्यानाडामा गरिएको कार्यक्रममा लाखौं पुरुषहरूले सेतो रिबन लगाएर आ–आफ्नो प्रतिबद्धता दर्शाएका थिए । सेतो रिबन लगाउनु भनेको पुरुषहरूद्वारा महिला तथा बालिका माथि गरिने हिंसाको विरुद्ध पुरुषवर्गले देखाएका प्रतिबद्धताको संकेत हो । यो १६ दिने अभियानमा “सेतो रिवन“ अभियान पुरुष प्रतिबद्धताको प्रतीक हो । नेपालमा लैङिक हिंसा एक गम्भीर सामाजिक समस्याको रुपमा रहेको छ । महिला एबम बालबालिकाहरु  घर÷परिवार, कार्यस्थल र सामाजिक जीवनका हरेक क्षेत्रमा हिंसाको शिकार भएका छन । यसले उनीहरूको आत्मसम्मान, स्वास्थ्य र सामाजिक सहभागितामा गहिरो असर पुर्याउँछ। गत आर्थिक वर्षमा रिपोर्ट भएका लिङ्गमा आधारित हिंसाका ७८.८२ % घटना घरेलु हिंसासँग सम्बन्धित थिए भने करिब ८० % न्द्यख् घटना घरेलु हिंसा नै हुन्। घरेलु हिंसामा ५३ % शारीरिक र ४७ % मानसिक हिंसा देखिएको छ। धेरै घटनाहरू पीडितले नजिकका वा आफन्त व्यक्तिद्वारा हुने गरेका छन् जसले न्याय खोज्न कठिनाइ सिर्जना गर्छ। पछिल्लो वर्ष मात्र १६,५१९ घरेलु हिंसा र ४,३९४ अन्य न्द्यख् घटना प्रहरीमा दर्ता भएका थिए।

यौन हिंसाका ८३.१५ % घटना पीडितले चिनेका व्यक्तिद्वारा गरिएका थिए र ६४.२२ % पीडित केटी‑बालिकाहरू थिए। उमेर अनुसार  १९–२५ वर्षका महिलामा हिंसा सबैभन्दा बढी देखिन्छ ।सामाजिक कलंक र डरले धेरै घटना दर्ता हुने गरेका छैनन । राष्ट्रिय सर्वेक्षण अनुसार, कतिपय स्थानमा ४६ % महिलाले आफ्नो जीवनमा हिंसा भोगेको बताएका छन्। यसले समाज, समुदाय र राष्ट्रिय स्तरमा आर्थिक, सामाजिक र मानव अधिकारमा  असर पुर्याउँछ। यसैले महिलालाई न्याय, सुरक्षा र समान अवसर सुनिश्चित गर्न, लैङिक हिंसा विरुद्धको अभियान आवश्यक छ। यो अभियान केवल विकल्प होइन, वर्तमान नेपालका लागि अत्यावश्यक आवश्यकता हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार  हिंसा गर्ने व्यक्तिमध्ये करिब ८५ प्रतिशत पुरुष छन् ।

त्यसैगरी, ८४ प्रतिशत बलात्कार गर्ने व्यक्तिहरू चिनजानका छन् । यी सूचकाङ्कहरूले हामीलाई महिला हिंसा हुनुको प्रमुख कारण देशमा महिला र पुरुष बीचमा असमान शक्ति सम्बन्ध रहनु तथा महिलाको शरीर पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यता कायम रहनु हो भन्ने आधार दिन्छ । व्यक्ति–व्यक्ति बीच रहेको असमान व्यवहार वा भनौं समानताको अधिकार सुनिश्चित नभएको अवस्थामा यस्ता परिणामहरू देखिन्छन् । अहिले देशभर रहेका सुरक्षित गृहहरूभित्र रहेका हिंसा प्रभावित महिलालाई हेर्ने हो भने बहुसङ्ख्यक १६ देखि १८ वर्षका छन् । तीमध्ये धेरै आमा बनिसकेका छन् । उनीहरूसँगै उनीहरूका त्यस्ता बच्चाहरू छन्, जसलाई उनीहरू हेर्न चाहँदैनन् ।

यो स्थितिमा परिवर्तन ल्याउन सरकारले सामाजिक रूपान्तरणलाई अभियानको रूपमा सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि, समुदाय तहदेखि नै महिला, पुरुष, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक सबै समान हुन् भन्ने शिक्षा प्रवाह गर्नु आबस्यक छ ।  यसका लागि लैङ्गिक हिंसा बिरुद्द्को १६ दिने अभियानको  विशेष महत्व छ । आजको डिजिटल युगमा महिलामाथि हुने हिंसा केवल शारीरिक वा व्यक्तिगत रूपमा मात्र सीमित छैन। इन्टरनेट, सामाजिक सञ्जाल, मेसेन्जर एप्स, भिडियो कन्फरेन्स, ब्लग र वेबसाइटमार्फत हुने अनलाइन आक्रमणले महिला हिंसा निम्त्याउन सक्छ ।  यस अन्तर्गत  साइबर धम्की, अपमानजनक पोस्ट, निजी तस्वीर वा भिडियो दुरुपयोग, ह्याकिङ्ग, गोपनीयता उल्लंघन जस्ता गतिविधिहरू पर्छन्। डिजिटल हिंसा बाहिर देखिँदैन तर यसको प्रभाव गहिरो हुन्छ । डिजिटल हिंसाले केवल व्यक्तिगत जीवनमा असर गर्दैन, यसले सामाजिक र पेशागत जीवन पनि प्रभावित पार्दछ। डिजिटल हिंसा पुनरावृत्ति हुने र फैलिने क्षमताको  हुन्छ । एक पटक अनलाइन पोस्ट भएपछि सामग्री सहजै हटाउन गाह्रो हुन्छ ।

फोटो, भिडियो वा सामग्री पुनः सेयर  हुँदै व्यापक हुन पुग्छ। यसले पीडितको सामाजिक सुरक्षा मात्र होइन, मानसिक स्वास्थ्य र पेशागत अवसरमा पनि दीर्घकालीन असर पु¥याउँछ। यस वर्षको लैङ्गिक हिंसा बिरुद्धको नारा “प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं” समय सान्दर्भिक  छ। यसले  डिजिटल उपकरण र प्लेटफर्म केवल मनोरञ्जन वा सूचनाका श्रोत मात्र होइनन   लैङ्गिक हिंसाका  माध्यम पनि बन्न सक्छन । त्यसैले यसको प्रयोगमा सचेतना आबस्यक छ ।  डिजिटल हिंसालाई रोक्न केवल पीडित महिलाको  मात्र कदम  पर्याप्त छैन  परिवार, विद्यालय, संस्था, र समाजका सबै सदस्यले सक्रिय भूमिका निभाउनु आवश्यक छ।

यश पटकको नाराले  डिजिटल हिंसालाई दृष्टिगत गर्दै सजगता, जिम्मेवारी र सहयोगको संस्कृति स्थापित गर्न प्रेरित गर्छ। प्रविधिको सही प्रयोग, गोपनीयताको सम्मान, दुरुपयोगको प्रतिवाद र उजुरीका उपाय अपनाउनु हामी सबैको कर्तव्य हो। यसरी मात्र महिलाले सुरक्षित, स्वतन्त्र र समान अवसर प्राप्त गर्न सक्ने वातावरण निर्माण हुन्छ। डिजिटल हिंसाको अन्त्यले समाजमा समानता, सम्मान र न्याय सुनिश्चित गर्ने दिशामा ठोस कदम थप्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय