एकैदिन तीन फरार कसुरदार पक्राउ
मङ्गलबार, मङि्सर १७, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर १६ (फरकसमाचार) / विभिन्न कसुरमा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट तीन जना फरार कसुरदारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बाँके कोहलपुर नगरपालिका–१२ का ४४ वर्षीया सिता खत्रीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेकी खत्री फरार भएकी थिईन् । प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कारागार सुरक्षा गार्डमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–८ का २८ वर्षीय घनश्याम खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध मुद्दामा खत्रीलाई जिल्ला अदालतले विस २०८१ साल माघ २७ गते १३ दिन कैद सजाय तोकेको थियो ।

राजापुर नगरपालिका–१ का ३२ वर्षीय बन्सा भन्ने अंकित चौधरीलाई अदालतले विस २०८१ साल कार्तिक १२ गते लागु औषध मुद्दामा ६ महिना कैद सजाय तोकेको थियो । अदालतले सजाय तोके देखि दुवै जना फरार रहेका थिए । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय