बुधबार, मङि्सर १८, २०८२
मा प्रकाशित
1193
Shares
अभिनव कुमार पाठक
बर्दिया, मंसिर १६ / लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ बाईपास स्थितबाट सोमबार लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २५ बर्षीय दिलदार सलमानि रहेका छन् ।
शंकास्पद रुपमा भारतबाट नेपाल पैदल आउदै गरेको सलमानिलाई चेकजाँच गर्दा ३१० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीको जनाएको छ । सलमानिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

