लागूऔषधसहित एकजना पक्राउ
शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

१२ मंसीर, सप्तरी(फरकसमाचार) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागूऔषध बिक्री गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० इनर्वा बस्ने ३२ वर्षीय राजीव मण्डललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डलले आफ्नै घरमा बिभिन्न किसिमको लागूऔषध राखेर बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको घरबाट नाईट्रोसन ५१ ट्याबलेट, नाईट्राभेट ८३ ट्याबलेट, स्पास्मो प्रोसिभन ७५ क्पापसुल, डाइलेक्स डीसी १० बोतल र गाँजा १ सय २५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । मण्डललाई लागूऔषध मुद्दामा म्याद थप गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।साभार अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय