सशस्त्रका आईजिपि खनालले आज बिओपी उद्घाटन गर्ने
शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित

बर्दिया,मंसिर,१९ (फरकसमाचार) सशस्त्र प्रहरीका आईजिपि शैलेन्द्र खनाल बर्दियाको मधुवन स्थित धर्मवस्तीमा आयोजना गरिएको काार्यक्रममा शुक्रवार सहभागी हुदैछन् । खनालले धर्मवस्तीमा रहेको बिओपी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।बर्दियाको गुलरियमा रहेको ३१ नम्बर गणमा एसपिका लागि तयार भएको भवनको उद्घाटन गर्ने अर्को कार्यक्रम पनि छ । खनाल दुई दिन देखि बर्दियामा छन ।पहिलो पटक बर्दिया भ्रमण आएका खनालले सीमा क्षेत्र हुने अपराधि गतिबिधि सुक्ष्म अनुसन्धान गरिरहेको स्रोतले बतायो ।  नेपाल भारत सीमा क्षेत्रमा यतिखेर स्थानीय तहको समन्वय र सशस्त्र प्रहरी केन्द्रिय कार्यालयको समन्वयमा धमाधम बिओपी स्थापना भईरहेको छ । हालसालै नेपाल भारतका बर्दिया भित्र पर्ने ८२ किलोमिटर खुला सीमा ७ वटा बिओपी भवन निर्माण भईसकेको छ ।३० वटा विओपी स्थापनाका लागि काम अघि बढेको छ । सीमामा सशस्त्र प्रहरी व्यापक परिचालन गर्ने योजना अन्रुप बिओपी निर्माणको काम अघि बढेको हो । उदघाटन कार्यक्रमको आयोजना मधुवन नगरपालिकाले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय