धुम्रपान निषेधित क्षेत्रका लागि बोर्ड वितरण
सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित

फरक समाचार संवाददाता
मंसिर २२ गुलरिया,बर्दिया/धुम्रपान निषेधित क्षेत्रका लागि ग्लोबल आईएमई बैक गुलरिया शाखाले बोर्ड वितरण गरिरहेको छ ।

धुम्रपान निषेधीत क्षेत्रका लागि सरकारी तथा गैर सरकारी कार्यालयहरूमा बोर्ड उपलव्ध गराएको ग्लोबल आईएमई बैक शाखा गुलरियाका ब्रान्च मेनेजर राजेश सिंहले जानकारी दिनु भयो ।

बोर्ड वितरणले सार्वजनीक स्थलमा धुम्रपान निषेधित हुने विश्वास गरिएको छ । हालसम्म सरकारी तथा गैर सरकारी कार्यालय गरी २५ वटा बोर्ड वितरण गरिएको ग्लोबल आईएमई बैक शाखा कार्यालय गुलरियाका मेनेजरले सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय