नेपालगञ्ज मेडिकल कलेजमा आइसियु र भेन्टिलेटरको संख्या वृद्धि
बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित

 मंसिर २४ नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरस्थित  शिक्षण अस्पतालमा आइसियु शय्या र भेन्टिलेटरको संख्या दोब्बर गरिएको छ।

कोरोनाका गम्भीर बिरामी र अन्य रोगका जटिल बिरामीहरुको उपचारका लागि मेडिकल कलेजले आइसियु शय्या र भेन्टिलेटरको संख्या बढाएको हो। मेडिकल कलेजले शिक्षण अस्पताल नेपालगञ्जमा २० वटा आइसियु शय्या, सातवटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप गरेको छ। योसँगै पनि थपेका शिक्षण अस्पताल नेपालगञ्जमा आइसियुको शय्याको संख्या ५२ र  भेन्टिलेटरको संख्या १४ पुगेको छ।

त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसियु शय्या, चारवटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड थपेर मेडिकल कलेजले आइसियु शय्या संख्या  ५२ र भेन्टिलेटरको संख्या १० पुर्‍याएको छ। आइसियु शय्या र भेन्टिलेटरको संख्या थप भएपछि गम्भीर प्रकृतिका बिरामीहरुको उपचार थप प्रभावकारी र व्यवस्थित हुने मेडिकल कलेजका असिस्टेन्ट प्रोफेसर एवं मेडिसिन विभागका प्रमुख डा आशिम किदवाईले बताए।

कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गएका कारण पछिल्ला दिनहरुमा कोरोनाबाहेक अन्य रोगका कारण स्वास्थ्य अबस्था जटिल भएका बिरामीहरुले आइसियु र भेन्टिलेटर पाउन मुस्किल बन्दै गएको छ। नेपालगञ्जका अस्पतालहरुमा आइसियु शय्या र भेन्टिलेटर नपाएर दैनिक १० देखि १५ जनासम्म बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएपछि मेडिकल कलेज व्यवस्थापनले करिब चार करोड रुपैयाँ लागतमा आइसियु शय्या र भेन्टिलेटरसहितका उपकरणहरु थप गरेको कलेजका सहायक निर्देशक डा. नितेश कनोडियाले बताए।

२४ वर्षअघि स्थापना भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञ्जस्थित शिक्षण अस्पतालले लुम्बिनी, कर्णाली र सुदूर पश्चिमका प्रदेशका दैनिक एक हजारभन्दा बढी बिरामीहरुलाई उपचार दिँदै आएको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय