बर्दियामा कोरोनाबाट एकको मृत्यु
शनिबार, पुष ०४, २०७७ मा प्रकाशित

बर्दिया पुस ४ / कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ।

वारबर्दिया नगरपालिका १० का ७२ वर्षीय लौटन थारुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। बर्दियामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको जिल्ला स्वास्थ्यका फोकल पर्सन नरेशवावु श्रेष्ठले बताए।

जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८ पुगेको छ।

त्यसमध्ये ९२ जना भाइरस सक्रिय छ। ८ जना अस्पतालमा भर्ना भएका छन्। ८ जनामध्य तीन जनाको भेरी अन्चल अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय