दलबहादुर सुनार
बर्दिया पुस ९ / बढैयाताल गाउँपालिकालाई मानब अधिकार मैत्री पालिका बनाउन मानब अधिकार निर्देशिका जारी गरिएको छ । सुचना र मानब अधिकार अनुसन्धान केन्द्र (आई.एच.आर.सी.) बाकेले बढैयातालको मैनापोरमा आयोजना गरेको जन प्रतिनिधि, पालिका कर्मचारी, नागरिक समाज, सरोकारवालाहरुको सहभागितामा समापन भएको परियोजना बैठकमा मानब अधिकार निर्देशिकाको बारेमा जानकारी गराइएको हो ।
नेपालको संबिधान २०७२ ले मानब अधिकारका सावलमा गरेका ब्यबस्थालाई स्थानियतहमा कार्यान्वयन गर्नका लागि उक्त मानब अधिकार निर्देशिका जारी गरेको पालिकाले जनाएकोे छ । मानब अधिकार निर्देशिका बनाउनका लागि सुचना र मानब अधिकार केन्दको प्राबिधिक सहयोगमा उक्त निर्देशिका बनाउन सफल भएको भन्दै तयार भएको निर्देशिका गाउँ कार्यपालिकाबाट निर्णय भएको र गाउँ सभाबाट अनुमोदन गर्न वाकी रहेको भन्दै सभावाट पास भएपछि निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता पालिकाले गरेको उपाध्यक्ष दिपाकुमारी गौतमले बताईन् ।
परियोजनाका संयोजक टेकनाथ आचार्यले परियोजनाको लक्ष्य उद्देश्य माथि प्रकास पार्दै नेपालको संबिधान, ऐन कानुन, नीति नियम, निर्देशिकामा भएका ब्यबस्थालाई कार्यान्वयन गर्न गराउनका लागि स्थानियतहलाई जवाफदेहि बनाउन र नागरिकलाई अधिकारका बारेमा सचेतिकरण तथा शसक्तिकरण लगाएका कार्यक्रम यस पालिकामा संचालन गर्दै आएका बताए ।
कोभिडको माहामारीको बेलामा पनि सचेत र सतर्क हुदै बिभिन्न माध्यमबाट परियोजना संचालन गरिएको बताउदै १४ महिनामा भएका परियोजनाका गतिबिधि र उपलब्धीहरुका बारेमा संयोजक आचार्यले जानकारी गराएका थिए । परियोजनाबाट बढैयातालमा घरेलु तथा लैगिक हिसां जस्ता घटनामा कमिहुदै आएको , हिसां निगरानी समुह गठन तथा क्रियाशिल भएको, मानब अधिकार निर्देशिका बनेको र महत्वपुर्ण ऐन तथा नीतिहरु बन्ने क्रममा भएको यस परियोजनाको उपलब्धिको रुपमा लिएको हिंसा निगरानी समुहका संयोजक प्रेम प्रसाद त्रिपाठीले बताए ।
नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछाने, जन प्रतिनिधि बढैयाताल– ४ का अध्यक्ष कर्णबहादुर थापा, वडा नं.२ का अध्यक्ष काजिमान सुनार, स्वास्थ्य शाखा बढैयातालका रमेश पौडेल, समाज सेबी नेत्र प्रसाद सापकोटा लगाएतले परियोजनाको प्रशंसा गर्दै कार्यक्रम छोटो भएको र कार्यक्रम गाउँ बस्तिसम्म पुग्न सकेको भए राज्यको सेवा सुबिधाको पहुँच भन्दा टाढा भएका नागरिको लागि राज्यको हरेक संरचनामा न्यायिक पहुँच पुग्नमा मद्दत पुग्ने धारणा राखेका थिए ।
सुचना र मानब अधिकार अनुसन्धान केन्द्र (आई.एच.आर.सी). बाकेका निर्देशक राकेश मिश्रले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष कृष्ण मुरारी भट्टले परियोजना सफल पार्नको लागि स्थानिय सरकार र यहाँका नागरिकको ठुलो सहयोग र भुमिका रहेको बताएका थिए । बढैयातालका जन प्रतिनिधि, नागरिक समाजका संयोजक , हिसां निगरानी समुहका संयोजक , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि,संचारकर्मी लगाएत झण्डै ३५ जनाको सहभागिता रहेको परियोजनाका कार्यक्रम अधिकृत जनक थापाले जानकारी दिए ।